मेस्सीले सन्न्यास लिँदा रोनाल्डो भावुक « Khabarhub

मेस्सीले सन्न्यास लिँदा रोनाल्डो भावुक


२२ आश्विन २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अन्तर्राष्ट्रिय फुटबलबाट औपचारिक बिदाइ लिएका लियोनल मेस्सीप्रति क्रिस्टियानो रोनाल्डोले उच्च सम्मान व्यक्त गरेका छन् । अर्जेन्टिनाको राजधानी ब्युनोस एयर्समा अफ्रिकी मुलुक बेनिनविरुद्धको मैत्रीपूर्ण खेलपछि मेस्सीले सामाजिक सञ्जालमा पोस्ट गरेको बिदाइ सन्देशमा प्रतिक्रिया दिँदै पोर्चुगिज फरवार्ड रोनाल्डोले भावुक प्रतिक्रिया दिएका छन् ।

उक्त पोस्टमा रोनाल्डोले प्रतिक्रिया दिँदै मेसीले कहिल्यै नमेटिने इतिहास बनाएको उल्लेख गरेका छन् । उनले अर्जेन्टिनाका लागि मेस्सीले हासिल गरेको सफलताप्रति आफ्नो उच्च सम्मान रहेको जनाएका छन् ।

३९ वर्षीय मेस्सीले गत जुलाईमा अमेरिकामा सम्पन्न विश्वकपको फाइनलमा अर्जेन्टिनाको नेतृत्व गरेपछि अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका थिए । मोनुमेन्टल स्टेडियममा ८५ हजार समर्थकमाझ बेनिनविरुद्धको आफ्नो अन्तिम खेलमा मेस्सीले एक गोल गर्नुका साथै अन्य दुई गोलका लागि पास मिलाएका थिए ।

भावुक सन्देशमा उनले दिवंगत फुटबल दिग्गज डिएगो म्याराडोनालाई स्मरण गर्दै आफ्ना पूर्व क्लबहरू र समर्थकहरूलाई धन्यवाद ज्ञापन गरेका थिए । मेस्सीको कप्तानीमा अर्जेन्टिनाले सन् २०२२ को विश्वकप, २०२१ र २०२४ को कोपा अमेरिका तथा २०२२ को फाइनालिसिमाको उपाधि जितेको थियो ।

मेस्सी र रोनाल्डोले विगत १५ वर्षभन्दा बढी समय फुटबल जगतमा एकछत्र राज गर्दै संयुक्त रूपमा १३ पटक प्रतिष्ठित ब्यालोन डि’ओर पुरस्कार जितेका छन् । विशेष गरी स्पेनिस क्लब बार्सिलोनाबाट मेस्सी र रियल मड्रिडबाट रोनाल्डोले खेलेको नौ वर्षको अवधिमा उनीहरूबीचको प्रतिस्पर्धा उत्कर्षमा पुगेको थियो ।

प्रकाशित मिति : २२ आश्विन २०८३, बिहिबार  ६ : ४३ बजे

लेक लागेका पदयात्रीको हेलिकप्टबाट उद्धार

गण्डकी– कास्कीको मादी गाउँपालिका–१ स्थित कोरी लेकको पदयात्राका क्रममा लेक

कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ

 काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिका पदाधिकारी तथा

अस्थायी शिक्षक-कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्न माग

काठमाडौं– नेपाल अस्थायी शिक्षक तथा कर्मचारी युनियनले सबै अस्थायी प्रकृतिका

सरकारी अनुदान मिलाइदिने भन्दै पाँच करोड ८० लाख ठगी

काठमाडौँ– कृषि फार्म सञ्चालनका लागि सरकारबाट सहुलियत अनुदान मिलाइदिने भन्दै

अमेरिकाको निर्भरता घटाउन क्यानाडा–ईयू सहकार्य

टोरन्टो– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापार नीतिबीच क्यानाडाका प्रधानमन्त्री मार्क