अमेरिकामा कोरोनाभाइरसबाट ६ हप्ताको शिशुको मृत्यु « Khabarhub

अमेरिकामा कोरोनाभाइरसबाट ६ हप्ताको शिशुको मृत्यु


२० चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कनेक्टीकट- संयुक्तराज्य अमेरिकाको कनेक्टीकट राज्यमा एक जना छ हप्ताको शिशुको मृत्यु भएको राज्यका गभर्नर नेड ल्यामोन्टले बताएका छन् ।

गभर्नर ल्यामोन्टले कोरोनाभाइरसका कारण राज्यमा पहिलो पटक एक शिशुको मृत्यु भएको जानकारी दिए ।

बुधबार ट्वीट गर्दै गभर्नर ल्यामोन्टले भने, “यही कारण हामीले मानिसहरुलाई घरभित्रै बस्न र अरुसँग बाक्लो भेटघाट नगर्न आग्रह गरेका हौं । तपाइँको आफ्नै र अरु धेरैको जीवन वास्तवमै यसमा निर्भर छ ।”

स्वास्थ्य परीक्षण गर्दा यी बच्चामा कोभिड–१९ को संक्रमण देखिएको पनि गभर्नरले बताए । कोभिड–१९ का कारण यति कम उमेरका बच्चाको मृत्यु भएको संभवत विश्वमै पहिलो घटना हो, गभर्नर ल्यामोन्टले भने ।

कनेक्टीकट राज्यको हार्टफोर्ड क्षेत्रका यी नवजात शिशुलाई गत साता अस्पताल ल्याइएको थियो । तर चिकित्सकहरुले उनलाई बचाउन सकेनन् ।

हार्टफोर्डका मेयर ल्युक ब्रोनिनले पनि नवजात शिशुको मृत्यु भएको पुष्टि गरेका छन् । कनेक्टीकट राज्यमा बुधबारसम्ममा तीन हजार ५०० भन्दा बढी मानिसमा कोरोना संक्रमण देखिएको छ । तीमध्ये ८५ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : २० चैत्र २०७६, बिहीबार  ६ : ३३ बजे

विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने

काठमाडौं – अन्तरराष्ट्रिय क्रिकेट काउन्सिलको आयोजनामा भारत र श्रीलङ्कामा संयुक्त

पद चाहिएको छैन, महाधिवेशनलाई उपलब्धिपूर्वक टुङ्ग्याउनु छ : महामन्त्री थापा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशबाट आफूलाई

बन्दसूचीबाट एकल चुनाव चिह्नसहितका १७५ उम्मेदवारबाट नाम फिर्ता

काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत

विशेष महाधिवेशन पक्षधरको अडान : देउवाले नेतृत्व नछाडेसम्म सहमति हुँदैन

काठमाडौं – नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्दसत्र सम्पन्न भएको