अत्यावश्यक उद्योग र ठूला आयोजना सञ्चालन गर्न दिने सरकारको निर्णय « Khabarhub

अत्यावश्यक उद्योग र ठूला आयोजना सञ्चालन गर्न दिने सरकारको निर्णय


२० चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – लकडाउन अवधि बढेपछि  सरकारले अत्यावश्यक बस्तुसँग सम्बन्धित उद्योग सञ्चालन गर्न दिने निर्णय गरेको छ ।

बिहिबार बसेको कोभिड – १९ रोकथाम तथा जोखिम नियन्त्रण उच्चस्तरीय समितिको बैठकले अत्यावश्यक उद्योग र ठूला आयोजना सञ्चालन गर्न दिने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए ।

‘मुलुकभित्र खाद्य उत्पादन गर्ने उद्योगहरु र अतिआवश्यक बस्तु उत्पादन गर्ने उद्योगहरुलाई त्यही उद्योगभित्र कामदारहरुलाई सुरक्षित राखेर स्वास्थ्यका मापदण्ड पूरा गरेर चलाउन दिइने छ,’ मन्त्री खतिवडाले भने, ‘अरु पनि उद्योगहरुले आफै आवासीयरुपमा मजदुरहरु परिचालन गरेर स्वास्थ्यका मापदण्डहरु पूरा गरेर चलाउन सक्नुहुन्छ ।’

यसका लागि आवागमनलाई बाहिरै रोकेर सञ्चालन गर्न सक्ने स्थानीय प्रशासनले व्यवस्थापन गर्ने गरी अघि बढाउन उपयुक्त हुने ठहर गरिएको उनले जानकारी दिए ।

यस्तै तामाकोशी जलविद्युत आयोजना, मेलम्चीजस्ता ठूला आयोजनाहरुमा बाहिरका कामदारलाई प्रवेश गर्न नदिई भित्रकै कामदारलाई सुरक्षाका सबै उपकरण प्रयोग गरेर कामलाई निरन्तरता दिने पनि निर्णय भएको मन्त्री खतिवडाले बताए ।

हिउँदे बाली थन्काउने र वर्षे थान रोप्ने बेला भएकाले त्यो काममा पनि कृषकलाई व्यवदान हुन नदिइ काम गर्न दिइने भएको छ ।

कोरोना भाइरसको जोखिम उच्च भएपछि सरकारले यही चैत्र ११ गतेदेखि लकडाउन गरेको छ ।

उक्त लकडाउन १८ गते समापन भएपनि त्यसअघि नै सरकारले २५ गते मध्यारातिसम्म लकडाउन जारी रहने निर्णय गरेपछि कतिपय अत्यावश्यक सामग्री अभाव हुन थालेको गुनासो बाहिरिदै आएको छ ।

प्रकाशित मिति : २० चैत्र २०७६, बिहीबार  ७ : २४ बजे

अब उपभोक्तालाई ग्यास दिएर मात्रै व्यावसायिक क्षेत्रलाई दिइने

काठमाडौं– अब उपभोक्तालाई ग्यास उपलब्ध गराएर मात्रै अन्य व्यावसायिक क्षेत्रलाई

बेपत्ताका आफन्तले सास नभए लास मागिरहेका छन्, प्रधानमन्त्रीले बुझ्नुपर्छ : प्रभु साह

काठमाडौं– आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले भोटेकोशीमा

‘प्रधानमन्त्री राष्ट्रसंघमा जाऊन्, विकसित देशले राहत होइन, कार्बन उत्सर्जनको क्षतिपूर्ति दिनुपर्छ’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले जलवायु

भोटेकोशी बाढीमा ३४ देशका ५९० विदेशी बेपत्ता

काठमाडौं– परराष्ट्र मन्त्रालयले भोटेकोशी बाढीका कारण हाल ३४ देशका करिब

चीनबाट तेस्रो चरणको राहत सामग्री र थप १० फरेन्सिक विज्ञ नेपाल आइपुगे

काठमाडौं– चीन सरकारले उपलब्ध गराएको आपत्कालीन राहत सामग्रीको तेस्रो चरण