कोरोना भाइरसको महामारीबारे समयमै विश्व समुदायलाई जानकारी गराएको डब्ल्युएचओको प्रष्टोक्ति « Khabarhub

कोरोना भाइरसको महामारीबारे समयमै विश्व समुदायलाई जानकारी गराएको डब्ल्युएचओको प्रष्टोक्ति


२० बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले कोरोना भाइरसको महामारीबारे विश्व समुदायलाई पर्याप्त समय हुँदै जानकारी गराएको प्रष्ट पारेको छ ।

संक्रमण रोक्न तथा त्यसबारे विश्व समुदायलाई आवश्यक जानकारी गराउन कुनै पनि ढिलाइ नगरिएको डब्ल्युएचओका प्रमुख डा. टेडरोज आध्यनोम गेब्रेयेसोसले स्पष्ट पारेका छन् ।

कोरोना भाइरसको महामारीबारे डब्ल्युएचओले समयमै सूचना दिन नसकेर संक्रमण फैलिएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आरोप लगाइरहँदा गेब्रेयेसोसले त्यसको खण्डन गर्दै बचाउ गरेका हुन् ।

जनवरी ३० मै अन्तर्राष्ट्रिय स्वास्थ्य आपतकाल घोषणा गर्दा विश्व समुदायलाई यसविरुद्धको अभियानमा लाग्न पर्याप्त समय प्रदान भएको उनले दावी गरेका छन् ।

उनका अनुसार जनवरी ३० मा स्वास्थ्य आपतकाल घोषणा गर्दा चीन बाहिर ८२ जनामा मात्रै कोरोना भाइरसको संक्रमण भएको थियो । त्यसबेला चिनियाँ नागरिक बाहेक कसैको पनि कोरोना भाइरसको संक्रमणबाट  चीनबाहिर मृत्यु नभएको उनले बताएका छन् ।

कमजोर स्वास्थ्य सेवा भएका अफ्रिकी मुलुकहरुमा कोरोना भाइरसको संक्रमण फैलिने सम्भावना उच्च भएकाले विश्व समुदायलाई सचेत रहन उनले आह्वान समेत गरेका छन् ।

प्रकाशित मिति : २० बैशाख २०७७, शनिबार  ८ : २६ बजे

५ हजार ५ सय मत गणना हुँदा कसले कति मत ल्याए ? (सूचीसहित)

काठमाडाैं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जारी मतगणनामा उपसभापतिमा चन्द्रकान्त

सुनका गरगहना चोरीमा संलग्न पाँच जना पक्राउ

काठमाडौं – भक्तपुरको मध्यपुरथिमि नगरपालिका-१ लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

बूढीगण्डकी बाढी : पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार

काठमाडौं – गोरखाको बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीका कारण पाँच

दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट

कञ्चनपुर – सुदूरपश्चिम प्रदेश सरकारले कञ्चनपुरको भीमदत्त र दोधारा-चाँदनी जोड्ने

शक्तिशाली भूकम्पका परकम्पपछि पानामामा सङ्कटकाल घोषणा

काठमाडाैं – शक्तिशाली भूकम्पपछि लगातार आएका परकम्पले बस्ती हल्लाएसँगै पानामा