प्रतिबन्धकाबीच अष्ट्रेलिया, चीन र कोरिया उडान गर्दै नेपाल एयरलाइन्स « Khabarhub

प्रतिबन्धकाबीच अष्ट्रेलिया, चीन र कोरिया उडान गर्दै नेपाल एयरलाइन्स


२० बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  मुलुकमा जारी लकडाउन र अन्तर्राष्ट्रिय हवाई आवागमनमा प्रतिबन्ध लगाइदा पनि राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले भने अन्तर्राष्ट्रिय गन्तव्यमा चाटर्ड र कार्गो उडान जारी राखेको छ ।

लकडाउनको अवधिमा सर्वाधिक उडान गरेको नेपाल एयरलाइन्सले भारत, बङ्गलादेश, जापान र अष्ट्रेलियामा चाटर्ड उडान गरेको छ भने चीनको ग्वान्जाओमा चार कार्गो उडान गरेको छ ।

निगमले अझै पनि अष्ट्रेलिया, दक्षिण कोरिया र चीनको बेइजिङमा चाटर्ड उडान गर्दैछ । निगमले अष्ट्रेलिया र चीनमा फेरि उडान गर्न लागेको हो ।

आगामी वैशाख २४ गते (६ मे २०२० मा) निगमले अष्ट्रेलियाको सिड्नीमा चाटर्ड उडान गर्न लागेको जनाएको छ ।

निगमका प्रवक्ता अर्चना खड्काले नेपालमा रहेका अष्ट्रेलियाली नागरिक लिएर निगमको वाइडबडी जहाजले सिड्नी उडान गर्ने निश्चित भएको  जानकारी दिइन् । निगमले यसअघि चैत १९ गते अष्ट्रेलियाको ब्रिश्वेनमा चाटर्ड उडान गरेको थियो ।

निगमका प्रवक्ता खड्काका अनुसार काठमाडौँ – सिड्नी साढे १२ घण्टाको उडान हुनेछ । काठमाडौँबाट २५० भन्दा बढी यात्रु लिएर जाने वाइडबडी फर्कदा लोड कम हुने भएकाले सिधा सिड्नी–काठमाडौँ उडानको तालिका रहेको छ ।

निगमले वैशाख २४ गते नै चीनको बेइजिङमा कार्गो उडान गर्ने भएको छ । निजी व्यवसायीले अत्यावश्यक स्वास्थ्य सामग्री ल्याउन निगमको वाइडबडी जहाज चाटर्ड  गरेको बताइएको छ ।

निगमको जहाज काठमाडौँबाट साँझ ५ बजेर ३० मिनेटमा बेइजिङ उडेर भोलिपल्ट फर्कनेछ । यस्तै निगमले दक्षिण कोरियामा पनि चाटर्ड उडान गर्दैछ । दक्षिण कोरियाको सिओलमा गत अप्रिल ३० तारिखमा चाटर्ड उडान गर्ने भनिए पनि उडान सरेको थियो ।

दक्षिण कोरियाको सिओल उडान गर्ने निश्चित भए पनि कुन मितिमा गर्ने भन्ने यकिन भइनसकेको निगमले उल्लेख गरेको छ ।

नेपाली कामदारलाई दक्षिण कोरिया लैजान गैरआवासीय नेपाली सङ्घ कोरियाले जहाज चाटर्ड गरेर लैजान लागेको जनाइएको छ । काठमाडौँ विमानस्थलबाट कोरियाको सिओलस्थित इङचोन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान हुनेछ ।

प्रकाशित मिति : २० बैशाख २०७७, शनिबार  ११ : ३२ बजे

‘लालीबजार’को पक्षमा उच्च अदालतको आदेश, शुक्रबारदेखि हलमा लाग्ने

काठमाडौं– उच्च अदालत पाटनको आदेशपछि विवादित चलचित्र ‘लालीबजार’को प्रदर्शनका लागि

सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन

काठमाडौं– बालेन्द्र शाह नेतृत्वको सरकारले निजामती तथा स्वास्थ्य सेवाका कर्मचारीहरूका

कांग्रेसले प्रदेश र स्थानीय तह केन्द्रित भेला आयोजना गर्ने  

काठमाडौं– नेपाली कांग्रेसले सातै प्रदेशमा प्रदेश र स्थानीय तह केन्द्रित

एघार जना सहसचिवको सरुवा

काठमाडौं– सरकारले ११ जना सहसचिवको सरुवा गरेको छ । सोमबार

मधेस सरकारबाट जनमत पार्टीको समर्थन फिर्ता

महेन्द्रनगर– जनमत पार्टीले मधेस प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको