रित्तिँदै स्थानीय तहका क्वारेन्टाइन « Khabarhub

रित्तिँदै स्थानीय तहका क्वारेन्टाइन


२० बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर- कोरोना भाइरस सङ्क्रमण रोकथामका लागि कञ्चनपुरका स्थानीय तहले सञ्चालन गरेका क्वारेन्टाइन रित्तिन थालेका छन् । क्वारेन्टाइन अवधि पूरा गरी भारतलगायत अन्य मुलुकबाट आएकाहरु घर फिर्ता भएका हुन् ।

क्वारेन्टाइनमा बस्दै आएका व्यक्तिहरुको र्‍यापिड डाइग्नोष्टिक टेष्ट (आरडिटी) परीक्षणमा नतिजा नेगेटिभ आएपछि सबै घर फिर्ता भएका छन् । भारतलगायत अन्य मुलुकबाट आएका व्यक्तिलाई राख्न नौवटै स्थानीय तहले क्वारेन्टाइन सञ्चालनमा ल्याएका थिए । नौ स्थानीय तहमध्ये चार स्थानीय तहका क्वारेन्टाइनमा मात्रै ८६ जनालाई राखिएको छ ।

छ स्थानीय तहका क्वारेन्टाइनमा रहेका व्यक्ति घर फिर्ता भइसकेका छन् । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका प्रशासकीय अधिकृत कृष्णानन्द जोशीका अनुसार कञ्चनपुरका नौ स्थानीय तहमा ५४० श्यया क्वारेन्टाइनको सङ्ख्या रहेको छ । जसमध्ये पुर्नवास नगरपालिकाले सञ्चालन गरेको ५० श्ययाको क्वारेन्टाइनमा १२, बेलौरी नगरपालिकाले सञ्चालन गरेको १०५ श्ययाको क्वारेन्टाइनमा ३६, लालझाडी गाउँपालिकाले सञ्चालन गरेको ८९ श्ययाको क्वारेन्टाइनमा १८ र बेलडाँडी गाँउपालिकाले सञ्चालन गरेको २३ श्ययाको क्वारेन्टाइनमा २० जनालाई राखिएको छ ।

भीमदत्त नगरपालिकामा १००, महाकाली नगरपालिकामा ५१, बेदकोट नगरपालिकामा ६४, शुक्लाफाँटा नगरपालिकामा २२ र कृष्णपुर नगरपालिकामा ३६ क्वारेन्टाइन श्यया सङ्ख्या रहेको छ । भीमदत्तमा १४५, महाकालीमा २२, बेदकोटमा २३, शुक्लाफाँटामा २२, कृष्णपुरमा ३१, पुर्नवासमा ३४, बेलौरीमा ६६, लालझाडीमा १२३ र बेलडाँडीमा १४ गरी ४८० जना क्वारेन्टाइन अवधि पूरा गरी घर फिर्ता भएको अधिकृत जोशीले बताए । उनका अनुसार क्वारेन्टाइनमा बसेका, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र अन्य गरी एक हजार ७१९ को आरडिटी परीक्षण गरिएको छ ।

आरडिटी परीक्षण गरिएकामध्ये दुईको रिपोर्ट पोजेटिभ आएकामा पिसीआर परीक्षणमा दुवैको नतिजा नेगेटिभ आएको छ । क्वारेन्टाइनमा बस्दै आएका २०५को स्वाब परीक्षण गरिएकामा एक जनाको रिपोर्ट पोजेटिभ आएकामा उपचारपछि रिपोर्ट पोजेटिभ आएका व्यक्ति पूर्णरुपमा स्वस्थ्य भई घर फिर्ता भएका छन् ।

कञ्चनपुरमा भारतलगायत अन्य मुलुकमा आएकाको सङ्ख्या भने पाँच हजार ७७६ रहेको छ । पिपिइको सङ्ख्या ४३९ रहेको छ । हालसम्म नौवटै स्थानीय तहका ज्याला मजदुरी गरी जीविन निर्वाह गर्ने २२ हजार ५६९ परिवारलाई राहत सामग्री उपलब्ध गराइएको छ ।

प्रकाशित मिति : २० बैशाख २०७७, शनिबार  १२ : ३५ बजे

पुटिनसँग वार्ताका लागि जेलेन्स्की तयार

काठमाडौं – युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्ध अन्त्यका लागि रुसी

भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैन : शिक्षामन्त्री पोखरेल

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षा सुधारका लागि

बाढीमा घरबास गुमाएकालाई प्रदेश सरकारले आवास बनाइदिने

भक्तपुर – बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले रसुवाको भोटेकोशीमा आएको

बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ

धादिङ – भोटेकोशी–त्रिशूली नदीमा गएको बाढीले बगाएर ल्याएका गरगहना फेला

बाणगङ्गा नदीमा फसेका एक बालकको उद्धार, एक जना अझै बेपत्ता

कपिलवस्तु – बाणगङ्गा नदीमा गएको बाढीका कारण नदीको बीचमा रहेको