विकट गाउँमा राहत वितरण « Khabarhub

विकट गाउँमा राहत वितरण


२० बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी- कोभिड–१९ को जोखिम हुन नदिन लकडाउन जारी रहदा लहान नगरपालिकाको विकट उत्तरवर्ती गाउँका विपन्न तथा गरिब परिवारलाई एक दम्पतीले राहत वितरण गरेका छन् ।

लहान निवासी महेश चौधरी र सङ्गीता कर्माचार्यले वडा नं १६ स्थित तरेगना, आरी दमाड़, भसुवा, डुमरे र देउराली गाउँका ती परिवारलाई आज राहत वितरण गरेका हुन् ।

विकट गाउँ भएकै कारण स्थानीय सरकारले हालसम्म राहत वितरण गर्न नसकेको जानकारीका आधारमा ती गाउँका १०० परिवारलाई राहत वितरण गरेको चौधरीले जानकारी दिए ।

यहाँस्थित एपोलो ॐ स्कूलका सञ्चालक चौधरी र नेपाल महिला सङ्घका केन्द्रीय सदस्य कर्माचार्यले प्रतिपरिवार चामल १० केजी, दाल एक केजी, मटर एक केजी, नुन एक केजी र आलु एक केजीका दरले राहत प्रदान गरिएको छ ।

ती दम्पतीले लकडाउन भएको पहिलो सातादेखि नै लहानका विभिन्न स्थानमा दैनिक ज्याला मजदुरी गरी खाने अति विपन्न परिवारलाई राहत वितरण गर्दै आएका छन् ।

विपन्न परिवारलाई सिरहाको विष्णुपुर गाउँपालिकाले राहत वितरण गर्ने अभियानको शुरुआत गरेको छ ।

गाउँपालिकाले वडा नं १ बाट राहत वितरण शुरु गरेको र पाँचवटै वडाका एक हजार ५०० विपन्न, मजदुर परिवारलाई राहत वितरण गरिने गाउँपालिका अध्यक्ष जागेश्वर यादवले जानकारी दिए ।

प्रतिपरिवार २५ किलो चामल, दुई किलो दाल, एक किलो नुन, एक लिटर खानेतेल, एक किलो चिनी र दुईवटा हात धुने साबुनको प्याकेट बनाएर वितरण गरिरहेको उनले बताए ।

प्रकाशित मिति : २० बैशाख २०७७, शनिबार  १ : ३१ बजे

७ करोड लगानीमा ‘टप दरबार रोधी क्लब’ सञ्चालनमा, भदौ ५–७ सम्म भव्य उद्धाटन

काठमाडौं । काठमाडौंको जमलस्थित विश्वज्योति मलको चौथो तलामा करिब ७

नेपालको आर्थिक रूपान्तरणमा निजी क्षेत्र र संयुक्त राष्ट्रसंघबीच सहकार्यमा जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र

मोदी खोलाले बगायो तातोपानी कुण्ड

कास्की । अन्नपूर्ण गाउँपालिका–११ झिनुस्थित मोदीखोला किनारमा रहेको तातोपानी कुण्ड

चिकित्सकहरूमाथि श्रम शोषण रोक्न सरकारले नियमित अनुगमन गर्ने

काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूमाथि श्रम शोषण

कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशन तालिका

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको तालिका सार्वजनिक गरेको