संसर्गमा रहेका व्यक्तिको पहिचान खुल्दै « Khabarhub

संसर्गमा रहेका व्यक्तिको पहिचान खुल्दै


२० बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुपन्देही- रुपन्देहीको कोटहीमाई गाउँपालिका वडा नं १ सिपवाका २५ वर्षीय युवकमा कोरोना सङ्क्रमण पुष्टि भएपछि उनको संसर्गमा रहेका व्यक्तिको पहिचान हुन थालेको छ ।

उनले यही वैशाख ५ गते नेपाल प्रवेशसँगै सम्मरीमाई गाउँपालिकामा रहेकी दिदीका घरमा पुगेर दिउँसो खाना खाएको र साँझ मर्चवारी गाउँपालिकामा रहेको सानीमाको घरमा खाना खाएर सुतेको खुल्न आएको जनस्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोलर निरीक्षक केदारनाथ साहले जानकारी दिए ।

सानीकामा घरमा सुतेका उनलाई आफ्ना दाइले अर्को दिन लिएर कोटहीमाई गाउँपालिकाको क्वारेन्टाइनमा राखेको समेत उनले बताए । भारत, दिल्लीबाट पैदल, ट्रक र पिकअप भ्यानमा चढेर नेपालको सीमा क्षेत्रसम्म आएका सङ्क्रमित युवकको भारतमा बढी यात्रा भएको देखिएको छ ।

बन्दाबन्दीम भारतबाट वैशाख ५ गते खुला सीमाको फाइदा उठाउँदै नेपाल प्रवेश गरेका उनलाई परिवारका सदस्यले क्वारेन्टाइनमा राखेका थिए । उनको थ्रोट स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो ।

सम्मरीमाईको ठोठरीनाकाबाट नेपाल प्रवेश गरेका उनी दिल्लीबाट आएको कोटहीमाई कार्यालयले जनाएको छ । अहिले संङ्क्रमित युवक र उनकी दिदीका आठ आठ जनाको परिवार, तथा सानीमाको जनाको परिवारका सदस्य क्वारेन्टाइनमा राखिएको जनस्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।

अहिले पनि मर्चवारक्षेत्रमा मानिसको आवतजावत हुने गरेको छ । ती युवकमा कोरोना पोजेटिभ देखिएपछि स्थानीयवासीमा त्रास वढेको छ । उनको कोरोना विशेष अस्पताल बुटवलमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : २० बैशाख २०७७, शनिबार  २ : ०१ बजे

थाइल्यान्डले सीमा क्षेत्रमा मूर्ति हटायो

एजेन्सी– थाइल्यान्ड सरकारले आफ्नो सेनाले कम्बोडियासँगको विवादित सीमा क्षेत्रमा रहेको

नाग्म–गमगढी मार्गमा सात पुल निर्माण

जुम्ला– नाग्म–गमगढी सडकखण्डमा सात पक्की पुल निर्माण गरिएको छ ।

दीक्षित आमा भन्छन्- इच्छाशक्ति र परिवारको साथ मिले सफलताको ढोका बन्द हुँदैन

काठमाडौं– बच्चा हुर्काउँदै अध्ययनलाई निरन्तरता दिनु पक्कै पनि सामान्य होइन्

स्क्यान्डिनेभियातर्फ रूसी बमवर्षक उडान

एजेन्सी – रूसी आणविक–सक्षम बमवर्षक विमानहरूले स्क्यान्डिनेभियाको उत्तरतर्फ पर्ने नर्वेजियन

निर्वाचनको वातावरण बनाउनुपर्नेमा उपसभापति गुरुङको जोड

पाटन– नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले निर्वाचनको वातावरण बनाउनुपर्नेमा जोड