संसर्गमा रहेका व्यक्तिको पहिचान खुल्दै « Khabarhub

संसर्गमा रहेका व्यक्तिको पहिचान खुल्दै


२० बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुपन्देही- रुपन्देहीको कोटहीमाई गाउँपालिका वडा नं १ सिपवाका २५ वर्षीय युवकमा कोरोना सङ्क्रमण पुष्टि भएपछि उनको संसर्गमा रहेका व्यक्तिको पहिचान हुन थालेको छ ।

उनले यही वैशाख ५ गते नेपाल प्रवेशसँगै सम्मरीमाई गाउँपालिकामा रहेकी दिदीका घरमा पुगेर दिउँसो खाना खाएको र साँझ मर्चवारी गाउँपालिकामा रहेको सानीमाको घरमा खाना खाएर सुतेको खुल्न आएको जनस्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोलर निरीक्षक केदारनाथ साहले जानकारी दिए ।

सानीकामा घरमा सुतेका उनलाई आफ्ना दाइले अर्को दिन लिएर कोटहीमाई गाउँपालिकाको क्वारेन्टाइनमा राखेको समेत उनले बताए । भारत, दिल्लीबाट पैदल, ट्रक र पिकअप भ्यानमा चढेर नेपालको सीमा क्षेत्रसम्म आएका सङ्क्रमित युवकको भारतमा बढी यात्रा भएको देखिएको छ ।

बन्दाबन्दीम भारतबाट वैशाख ५ गते खुला सीमाको फाइदा उठाउँदै नेपाल प्रवेश गरेका उनलाई परिवारका सदस्यले क्वारेन्टाइनमा राखेका थिए । उनको थ्रोट स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो ।

सम्मरीमाईको ठोठरीनाकाबाट नेपाल प्रवेश गरेका उनी दिल्लीबाट आएको कोटहीमाई कार्यालयले जनाएको छ । अहिले संङ्क्रमित युवक र उनकी दिदीका आठ आठ जनाको परिवार, तथा सानीमाको जनाको परिवारका सदस्य क्वारेन्टाइनमा राखिएको जनस्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।

अहिले पनि मर्चवारक्षेत्रमा मानिसको आवतजावत हुने गरेको छ । ती युवकमा कोरोना पोजेटिभ देखिएपछि स्थानीयवासीमा त्रास वढेको छ । उनको कोरोना विशेष अस्पताल बुटवलमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : २० बैशाख २०७७, शनिबार  २ : ०१ बजे

पुटिनसँग वार्ताका लागि जेलेन्स्की तयार

काठमाडौं – युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्ध अन्त्यका लागि रुसी

भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैन : शिक्षामन्त्री पोखरेल

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षा सुधारका लागि

बाढीमा घरबास गुमाएकालाई प्रदेश सरकारले आवास बनाइदिने

भक्तपुर – बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले रसुवाको भोटेकोशीमा आएको

बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ

धादिङ – भोटेकोशी–त्रिशूली नदीमा गएको बाढीले बगाएर ल्याएका गरगहना फेला

बाणगङ्गा नदीमा फसेका एक बालकको उद्धार, एक जना अझै बेपत्ता

कपिलवस्तु – बाणगङ्गा नदीमा गएको बाढीका कारण नदीको बीचमा रहेको