एउटा ट्वीट गर्दा १४ अर्ब अमेरिकी डलर घाटा | Khabarhub Khabarhub

एउटा ट्वीट गर्दा १४ अर्ब अमेरिकी डलर घाटा


२० बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- संस्थापक इलोन मस्कको ट्वीटका कारण अमेरिकी विद्युतीय कार निर्माता कम्पनी टेस्लाको बजार मूल्यमा १४ अर्ब अमेरिकी डलरले गिरावट आएको छ।

ट्वीटपछि लगानीकर्ताहरूले शेअर बेचेका कारण मस्कको व्यक्तिगत सम्पत्ति पनि तीन अर्बले कम भएको छ।

“टेस्लाको शेअर मूल्य धेरै नै बढी” रहेको आफ्नो विचार रहेको ट्वीट गरेका मस्कले आफ्नो अचल सम्पत्ति पनि बेच्ने ट्वीट गरेका छन्।

अन्य ट्वीटहरूमा उनले आफ्नो प्रेमिका आफूसँग धेरै रिसाएको समेत लेखेका छन्।

सन् २०१८ मा न्यूयोर्क स्टक मार्केटमा टेस्लाको भविष्यबारे ट्वीट गर्दा उनलाई नियामक निकायले दुई करोड डलर जरिवाना गर्नुका साथै त्यसपछि गर्ने ट्वीटका लागि वकिलबाट स्वीकृत लिनुपर्ने निर्णय गरेका थिए।

वाल स्ट्रीट जर्नलले मस्कलाई त्यो ट्वीट एउटा हल्का टिप्पणी थियो कि भनी गरेको प्रश्नमा उनले होइन भनेको लेखेको छ।

यो वर्ष टेस्लाको शेअर मूल्य बढेर कम्पनीको बजार मूल्य एक खर्ब अमेरिकी डलर नजिकै पुगेको छ।

बजार मूल्य एक खर्ब पुगेको अवस्थामा कम्पनीले लगानीकर्ताहरूलाई करोडौँ डलर लाभांश दिनुपर्ने हुन्छ।

विवादास्वद ट्वीट गरिरहने मस्कले आफ्ना झन्डै साढे तीन करोड फलोअरहरूलाई कोरोनाभाइरसको बेलामा गरिएको लकडाउनको चर्को आलोचना गरेका थिए।

मस्कले बेच्ने भनेको सम्पत्तिमा उनले सन् २०१३ मा किनेको घर पनि पर्छ।

प्रकाशित मिति : २० बैशाख २०७७, शनिबार  ४ : २४ बजे

नझुकिनुस् रंगीचंगी जंगली च्याउले लिन्छ ज्यान

गएको जेठ ११ गते आइतबार विषाक्त च्याउ खाएर बिरामी परेका

कञ्चनपुरका चार पालिकामा आज सार्वजनिक बिदा

कञ्चनपुर– कञ्चनपुरका चार पालिकाले आज सार्वजनिक बिदा दिएका छन् ।

राज्य व्यवस्था समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको राज्य व्यवस्था तथा सुशासन

झापामा सवारी दुर्घटना, एकजनाको मृत्यु

झापा– पूर्वपश्चिम राजमार्ग अन्तर्गत झापाको दमक–७ मा बुधबार साँझ यात्रुबाहक

प्रकृतिमुखी जीवनशैली अवलम्बन गर्नुपर्छ : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले प्रकृतिमुखी जीवनशैली अवलम्बन गर्नुपर्नेमा जोड दिएका