नेपालमा कोरोना संक्रमण : महिला भन्दा पुरुष धरै, स्वास्थ्य अवस्था सामान्य « Khabarhub

नेपालमा कोरोना संक्रमण : महिला भन्दा पुरुष धरै, स्वास्थ्य अवस्था सामान्य


२० बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा कोरोना संक्रमित महिला भन्दा पुरुष बढी रहेका छन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाका अनुसार ५९ जना कोरोना संक्रमित मध्ये ४९ जना पुरुष र १० जना महिला रहेका छन् । यी मध्ये १६ जना निको भएर घर फर्किसकेका छन् ।

४३ जना जना कोरोना संक्रमित मध्ये विराटनगरमा ३१, विरगञ्जमा ८, रुपन्देहीमा एकजना, धनगढीमा एकजना,भरतपुरमा एकजना चिकित्सकको निगरानीमा आइसोलेसनमा रहेका छन् । अस्पतालमा रहेका ४३ जना कोरोना संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको प्रवक्ता डा देवकोटाले बताए ।

प्रवक्ता देवकोटाका अनुसार हालसम्म पिसीआर विधिबाट १३ हजार ९८ जनाको परीक्षण गरिएको छ भने आरडीटी विधिबाट ४८ हजार ५ सय २९ जनाको कोरोना परीक्षण गरिएको छ ।

यस्तै गत २४ घण्टामा १२ सय ५२ वटा नमूना परीक्षण गरिएको छ । कोरोना संक्रमित तथा आशंका गरिएका व्यक्तिहरु देशभर ८९ जना आइसोलेसनमा रहेका छन् भने देशभरका क्वारेन्टाइनमा २२ हजार ९ सय ७८ जना रहेका छन् ।

डा देवकोटाका अनुसार विराटनगरको प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा पनि पिसिआर विधिबाट कोरोना परीक्षण सुरु भएको छ । यो सँगै हाल देभरका १७ स्थानमा पिसिआर विधिबाट कोरोना परीक्षण शुरु भएको छ ।

प्रकाशित मिति : २० बैशाख २०७७, शनिबार  ४ : ५० बजे

दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट

कञ्चनपुर – सुदूरपश्चिम प्रदेश सरकारले कञ्चनपुरको भीमदत्त र दोधारा-चाँदनी जोड्ने

शक्तिशाली भूकम्पका परकम्पपछि पानामामा सङ्कटकाल घोषणा

काठमाडाैं – शक्तिशाली भूकम्पपछि लगातार आएका परकम्पले बस्ती हल्लाएसँगै पानामा

इरान र ओमानद्वारा क्षेत्रीय शान्ति र स्थिरताप्रति प्रतिबद्धता

तेहरान – इरानका राष्ट्रपति मसूद पेजेसिकयान र ओमानका सुल्तान हैथम

‘पुरानै ढर्राले अब पार्टी चल्दैन’ : ८१ वर्षे कांग्रेस प्रतिनिधि शोभाचन्द्र बराल

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कास्की क्षेत्र नं. २