उत्तर कोरियाली शासक किमको स्वास्थ्यसम्बन्धी समाचार किन आयो ? « Khabarhub

उत्तर कोरियाली शासक किमको स्वास्थ्यसम्बन्धी समाचार किन आयो ?


२० बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सोल – उत्तर कोरियाली नेता किम जोङ अनको स्वास्थ्यसम्बन्धी गम्भीर सुचनाहरु सार्वजनिक भएको करिब तीन हप्तापछि शनिबार उनको तस्बिर नै सार्वजनिक भएको छ ।

शनिबार उत्तर कोरियाली सञ्चारमाध्यमहरुले उनले कुनै एक सार्वजनिक समारोहमा सहभागी भएको तस्बिर सार्वजनिक गरेका छन् । त्यस समाचार र तस्बिर विश्वका कैयौँ सञ्चारमाध्यमले सार्वजनिक गरेका छन् ।

यस समाचारलाई दक्षिण कोरियाली सञ्चारमाध्यमको माध्यमबाट अझ धेरै स्थानमा तथा विश्वव्यापी रुपमा पु¥याइएको पाइएको समाचारमा जनाइएको छ ।

यसअघि उनी गम्भीर रुपमा विरामी परेको समाचार कतिपयले दिएका थिए भने केहीले त उनको मृत्यु भएको समेत समाचार दिएका थिए ।

तर यो समाचार किन र कसरी आयो भन्ने बारेमा थाहा भएको छैन । उनी जिवीतै रहेको दक्षिण कोरियाको सुरक्षा एजेन्सीले केही दिनअघि सार्वजनिक गरेको थियो । सोही समाचारलाई सत्य ठहराउँदै उनी आज सार्वजनिक रुपमा देखिएका हुन् ।

उनलाई केही दिनयता गम्भीर रुपमा विरामी रहेको अथवा कतिपयले त किमको निधन भएको भन्नेजस्ता समाचार दिएका थिए ।
तर यसै हप्ताको सुरुमा दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनका प्रमुख सुरक्षा सल्लाहकार मुन चुन इनले कोरियाली सरकारको सूचनामा उनी स्वस्थ्य र जिवीतै रहेको पाएको समाचार दिएको थियो ।

दक्षिण कोरियाली सो एजेन्सीले उत्तर कोरियाली नेता किम त्यहाँको पूर्वी भूभागमा रहेको वानसन रिसोर्टमा अप्रिल १३ देखि बसेको जानकारी दक्षिण कोरियाली सरकारले पाएको बताएको थियो ।

खासगरी उत्तर कोरियाली नेता अन अप्रिल १५ मा उत्तर कोरियाको एक महत्वपूर्ण कार्यक्रममा उपस्थित नभएपछि विश्वका सञ्चारमाध्यमहरुले उहाँको त्यस अनुपस्थितिबाट प्रश्न उठाएका थिए ।

त्यसदिन नेता किमका हजुरबुबा किम इल सुङको जन्मदिन थियो । त्यस अवसरमा उत्तर कोरियामा विशेष राष्ट्रिय कार्यक्रमको आयोजना गर्ने गरिन्छ ।

किम इल सुङ उत्तर कोरियाका संस्थापक हुन् । त्यस कार्यक्रममा उत्तर कोरियाली नेताको विशेष उपस्थिति हुने गर्दछ ।

तर त्यस दिन उनी किन त्यहाँ उपस्थित नभएपछि उनको स्वास्थ्यसम्बन्धी चासो बाहिर आएको मानिन्छ । यसै घटनालाई लिएर केहीले उनी गम्भीर विरामी रहेको त केहीले उनको निधन नै भइसकेको समाचार बाहिर ल्याएका थिए ।

दक्षिण कोरियाकै केही पत्रिकाले नेता किमको अप्रिल १२ मा मुटुको शल्यक्रिया गरिएको र त्यसपछि उनी स्वास्थ्य अवस्था गम्भीर रहेको बताएको थियो ।

पछि सो पत्रिकाले उत्तर कोरियाको गोप्य स्रोतलाई उद्धृत गर्दै उनको स्वास्थ्यमा सुधार हुँदै गएको भनेर पनि समाचार दियो ।

उनका बारेमा यस्तो समाचार आएको यो पहिलो पटक भने होइन । सन् २०१४ मा पनि किमको गम्भीर प्रकृतिको शल्यक्रिया गरिएको र स्वास्थ्य गम्भीर रहेको समाचार दिइएको थियो । लामो समयपछि किम सार्वजनिक भएका थिए ।

यतिखेर किम सार्वजनिक भइसकेपछि पनि अब उनको उत्तराधिकारी को होला भन्ने विषयमा विभिन्न सञ्चारमाध्यमहरुले समाचार खोजी गर्न थालेका छन् ।

साथै यतिखेरका विश्वका विभिन्न देशका सञ्चारमाध्यमहरुले उत्तर कोरियाको आणविक कार्यक्रम र आणविक वार्ता कहाँ पुग्यो भनेर पनि समाचार दिएका छन् ।

प्रकाशित मिति : २० बैशाख २०७७, शनिबार  ५ : ०२ बजे

सभामुख अर्यालसँग यूएनडीपी प्रतिनिधिको भेट

काठमाडौं– सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग संयुक्त राष्ट्रसङ्घीय  विकास कार्यक्रम (यूएनडीपी)

राजनीतिक उतारचढाव र संकटबीच स्वास्थ्य : कस्तो रह्यो एक वर्ष ?

काठमाडौं- आर्थिक वर्षको सुरुवातमै ’जेन-जी’ आन्दोलनको राप झेलेको स्वास्थ्य तथा

गृहमन्त्री र चिनियाँ राजदूत माओमिङबीच भेट, द्विपक्षीय सहकार्यको सहमति

काठमाडौं– गृहमन्त्री सुधन गुरुङ र नेपालका लागि जनवादी गणतन्त्र चीनका

प्रधानमन्त्री शाह र बागमती प्रदेशका सांसदहरूबीच छलफल

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले बागमती प्रदेशबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरूसँग छलफल