सचिवालय बैठक अघि शितल निवास पुगे प्रधानमन्त्री ओली « Khabarhub

सचिवालय बैठक अघि शितल निवास पुगे प्रधानमन्त्री ओली


२० बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली शितल निवास पुगेका छन् । राष्ट्रपति विद्यादेवि भण्डारीसँगको छलफलका लागि प्रधानमन्त्री ओली शितल निवास पुगेका हुन् ।

सत्तारुढ दल नेकपाको सचिवालय बैठक बस्नुअघि प्रधानमन्त्री केपी शर्मा ओली शितल निवास गएका हुन् ।

राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीका अनुसार प्रधानमन्त्री ओली शनिवार अपराह्न साढे चार बे शितल निवास पुगको थिए ।

शनिवार दिउँसो ४ बजेका लागि बोलाइएको सचिवालय बैठकलाई साढे पाँचमा सारेर ओली शितल निवास पुगेका हुन् । त्यसअघि ओलीले उपाध्यक्ष वामदेव गौतम, गृहमन्त्री रामबहादुर थापा र महासचिव विष्णु पौडेलसँग छलफल गरेका थिए ।

अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता माधव कुमार नेपाल समूहले प्रधानमन्त्रीको राजीनामा र स्थायी समिति बैठकबारे आजको बैठकमा निर्णय गराउँने तयारी गरेपनि ओलीले भने त्यसलाई अस्वीकार गर्ने स्रोतको भनाइ छ । सचिवालयमा ओलीले उपाध्यक्ष गौतम र गृहमन्त्री थापालाई समेत आफ्नो पक्षमा ल्याएको स्रोतको दाबी छ ।

प्रकाशित मिति : २० बैशाख २०७७, शनिबार  ६ : ०७ बजे

दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट

कञ्चनपुर – सुदूरपश्चिम प्रदेश सरकारले कञ्चनपुरको भीमदत्त र दोधारा-चाँदनी जोड्ने

शक्तिशाली भूकम्पका परकम्पपछि पानामामा सङ्कटकाल घोषणा

काठमाडाैं – शक्तिशाली भूकम्पपछि लगातार आएका परकम्पले बस्ती हल्लाएसँगै पानामा

इरान र ओमानद्वारा क्षेत्रीय शान्ति र स्थिरताप्रति प्रतिबद्धता

तेहरान – इरानका राष्ट्रपति मसूद पेजेसिकयान र ओमानका सुल्तान हैथम

‘पुरानै ढर्राले अब पार्टी चल्दैन’ : ८१ वर्षे कांग्रेस प्रतिनिधि शोभाचन्द्र बराल

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कास्की क्षेत्र नं. २