नहर बगाउँदा एक हजार घरधुरीमा विद्युत् आपुर्ति बन्द « Khabarhub

नहर बगाउँदा एक हजार घरधुरीमा विद्युत् आपुर्ति बन्द


२० बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ- लघुजलविद्युत् आयोजनाको नहर भत्किँदा बागलुङको निसीखोला गाउँपालिकाका एक हजार १५० घरधुरीमा विद्युत् आपुर्ति बन्द भएको छ ।

शुक्रबार निसीखोलामा वर्षासँगै आएको बाढीले वडा नं ४ मा रहेको निसीखोला दोस्रो लघुजलविद्युत् आयोजनाको नहर भत्काएको हो ।

खोलामा रहेको नहरको बाँधसँगै नहरको केही भागसमेत खोलाले बगाएको छ । विद्युत् अवरुद्ध भएपछि यस क्षेत्रमा सञ्चालनमा आएका फर्निचर उद्योग, कुखुरापालक किसान तथा अन्य उद्योगी व्यवसायीसमेत मर्कामा परेका छन् ।

मोबाइल फोन चार्ज गर्ने विद्युत्समेत नभएकाले स्थानीय सञ्चार सेवाबाटसमेत बञ्चित भएका गाउँपालिकाले जनाएको छ ।

आयोजनाको बाँध नजिकैको २५ मिटर नहर भत्किएको र भिरालो ठाउँ रहेकाले मर्मतका लागिसमेत समय लाग्ने आयोजनाका व्यवस्थापक रामप्रसाद चालिसेले बताए ।

बाढीले थप क्षति नपु¥याएमा अझै एक महिना समय लगाएर मात्रै नहर मर्मत गर्न सकिने उहाँले बताउनुभयो । यो क्षेत्रमा सञ्चालनमा रहेका लघुजलविद्युत् आयोजना हरेक वर्ष वर्षाको समयमा प्रभावित हुने गरेका छन् । गाउँपालिकाका अधिकांश वडामा लघुजलविद्युत् आयोजनामार्फत नै विद्युतीकरण गरिएको छ ।

प्रकाशित मिति : २० बैशाख २०७७, शनिबार  ८ : ३७ बजे

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ– कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक करोड

बंगलादेश प्रिमियर लिग : सन्दीपको टिमले आज पहिलो खेल खेल्दै

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)मा आबद्ध भएका नेपाली लेग

ज्येष्ठ नागरिक दिवस : विभिन्न कार्यक्रमका साथ मनाइँदै

काठमाडौं–  ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव तथा फुड फेस्टिबल

मुग्लिन– आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु