नहर बगाउँदा एक हजार घरधुरीमा विद्युत् आपुर्ति बन्द « Khabarhub

नहर बगाउँदा एक हजार घरधुरीमा विद्युत् आपुर्ति बन्द


२० बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ- लघुजलविद्युत् आयोजनाको नहर भत्किँदा बागलुङको निसीखोला गाउँपालिकाका एक हजार १५० घरधुरीमा विद्युत् आपुर्ति बन्द भएको छ ।

शुक्रबार निसीखोलामा वर्षासँगै आएको बाढीले वडा नं ४ मा रहेको निसीखोला दोस्रो लघुजलविद्युत् आयोजनाको नहर भत्काएको हो ।

खोलामा रहेको नहरको बाँधसँगै नहरको केही भागसमेत खोलाले बगाएको छ । विद्युत् अवरुद्ध भएपछि यस क्षेत्रमा सञ्चालनमा आएका फर्निचर उद्योग, कुखुरापालक किसान तथा अन्य उद्योगी व्यवसायीसमेत मर्कामा परेका छन् ।

मोबाइल फोन चार्ज गर्ने विद्युत्समेत नभएकाले स्थानीय सञ्चार सेवाबाटसमेत बञ्चित भएका गाउँपालिकाले जनाएको छ ।

आयोजनाको बाँध नजिकैको २५ मिटर नहर भत्किएको र भिरालो ठाउँ रहेकाले मर्मतका लागिसमेत समय लाग्ने आयोजनाका व्यवस्थापक रामप्रसाद चालिसेले बताए ।

बाढीले थप क्षति नपु¥याएमा अझै एक महिना समय लगाएर मात्रै नहर मर्मत गर्न सकिने उहाँले बताउनुभयो । यो क्षेत्रमा सञ्चालनमा रहेका लघुजलविद्युत् आयोजना हरेक वर्ष वर्षाको समयमा प्रभावित हुने गरेका छन् । गाउँपालिकाका अधिकांश वडामा लघुजलविद्युत् आयोजनामार्फत नै विद्युतीकरण गरिएको छ ।

प्रकाशित मिति : २० बैशाख २०७७, शनिबार  ८ : ३७ बजे

मोडल इभा गिरीले साइन गरिन् ‘पाँच पाण्डव’

काठमाडौं – मोडल तथा सामाजिक सञ्जालकी चर्चित पात्र इभा गिरीले

विपद् जोखिम न्यूनीकरणको तयारी गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले मनसुनपूर्व नै विपद् जोखिम न्यूनीकरणका लागि

सुटिङअघि नै नीताको डेब्यू निर्देशन रहने फिल्म ‘पार्वती’को प्रदर्शन मिति सार्वजनिक

काठमाडौं – नायिका तथा निर्मात्री नीता ढुङ्गानको डेब्यू निर्देशन रहने

‘राजा चाहिँदैन’ भन्दै दशौँ लाख अमेरिकी सडकमा

मिनियापोलिस- अमेरिकी आप्रवासन नीतिविरुद्ध बढ्दो असन्तुष्टिबीच अमेरिकामा व्यापक प्रदर्शन भएको

दीपक खड्कालाई पक्राउ पुर्जी नदिई समातिएको सचिवालयको दाबी

काठमाडौं- नेपाली कांग्रेसका नेता तथा पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री