क्वारेन्टाइनमा लैजाँदै गर्दा एक जनाको मृत्यु « Khabarhub

क्वारेन्टाइनमा लैजाँदै गर्दा एक जनाको मृत्यु


२० बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी – बैतडीमा भारतीय सीमा नाका झुलाघाटबाट उद्धार गरेर ल्याइएका एक वृद्धको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जिल्लाको पुर्चौंडी नगरपालिका ६ मनकालीका ६७ वर्षीय जुने लुहार रहेका छन् । उनको शनिबार बिहान क्वारेन्टाइनमा लैजाँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

लुहार वैशाख १८ गते भारतको पिथौरागढबाट झुलाघाट नाका हुँदै स्वदेश फर्किएका थिए। एक महिनाअघि उपचारका लागि भारतको पिथौरागढ पुगेका लुहार लकडाउनका कारण पिथौरागढमै बसेका थिए ।

उनको शनिबार बिहान बाटोमा हिँड्दाहिँड्दै मृत्यु भएको पुर्चौंडी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विनोदकुमार कुँवरले जानकारी दिए । उनका अनुसार मृतक लुहारको स्वाब संकलन गरेर कोरोना परीक्षणका लागि धनगढी पठाइएको छ ।

प्रकाशित मिति : २० बैशाख २०७७, शनिबार  १० : १५ बजे

५ हजार ५ सय मत गणना हुँदा कसले कति मत ल्याए ? (सूचीसहित)

काठमाडाैं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जारी मतगणनामा उपसभापतिमा चन्द्रकान्त

सुनका गरगहना चोरीमा संलग्न पाँच जना पक्राउ

काठमाडौं – भक्तपुरको मध्यपुरथिमि नगरपालिका-१ लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

बूढीगण्डकी बाढी : पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार

काठमाडौं – गोरखाको बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीका कारण पाँच

दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट

कञ्चनपुर – सुदूरपश्चिम प्रदेश सरकारले कञ्चनपुरको भीमदत्त र दोधारा-चाँदनी जोड्ने

शक्तिशाली भूकम्पका परकम्पपछि पानामामा सङ्कटकाल घोषणा

काठमाडाैं – शक्तिशाली भूकम्पपछि लगातार आएका परकम्पले बस्ती हल्लाएसँगै पानामा