उपाध्यक्ष गौतमलाई प्रतिनिधि सभामा लैजाने नेकपाको निर्णय | Khabarhub Khabarhub

उपाध्यक्ष गौतमलाई प्रतिनिधि सभामा लैजाने नेकपाको निर्णय


२० बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाले पार्टी उपाध्यक्ष वामदेव गौतमलाई प्रतिनिधि सभामा लैजान पहल गर्ने निर्णय गरेको छ ।

शनिवार साँझ बसेको नेकपाको सचिवालय बैठकले प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी ओलीले यसअघिको बैठकमा गरेको प्रस्ताव अनुसार उपाध्यक्ष गौतमलाई प्रतिनिधि सभामा लैजान पहल गर्ने निर्णय गरेको हो ।

बैठकपछि नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाले पार्टी उपाध्यक्ष वामदेव गौतमलाई प्रतिनिधिसभा लैजान पहल गर्ने निर्णय गरेको छ ।’

उनले थपे,’ उहाँलाई प्रतिनिधिसभामा लैजाने भनेपछि स्वभाविक रुपमा त्यो पनि अन्तरनिहित हुन्छ । प्रतिनिधिसभामा उहाँ आउनुभएपछि प्रधानमन्त्री बन्ने सम्भावनाको ढोका त्यतिबेला खुल्छ ।’

प्रकाशित मिति : २० बैशाख २०७७, शनिबार  ८ : ५६ बजे

‘तीन चरणको चुनावबाटै भाजपा इतिहास बनिसक्यो’ – अखिलेश यादव

एजेन्सी – भारतको उत्तर प्रदेशका पूर्वमुख्यमन्त्री एवम्‌ समाजवादी पार्टी प्रमुख

मेक इन नेपाल–स्वदेशी सम्मेलन :  ३५ बुँदे घोषणापत्र जारी

काठमाडौं – नेपाली वस्तुको उत्पादन तथा उपभोग बढाउने र विश्व

भरतपुर महानगरमा भूमिगत विद्युतीकरणको काम ५० प्रतिशत सम्पन्न

चितवन– भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरणको काम

दक्षिण पेरुमा बस दुर्घटना हुँदा १० जनाको मृत्यु

लिमा– दक्षिणी पेरुको पुनो क्षेत्रमा सोमबार बिहानै एउटा यात्रुवाहक बस

भक्तपुरमा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु

भक्तपुर– अरनिको राजमार्गअन्तर्गत भक्तपुरको मिलनचोकमा मंगलबार दुर्घटना हुँंदा एकजनाको मृत्यु