कोरोना महामारीकाबीच थप चार स्थानमा ‘बीओपी’ स्थापना « Khabarhub

कोरोना महामारीकाबीच थप चार स्थानमा ‘बीओपी’ स्थापना


२० जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सशस्त्र प्रहरी बलले नेपालको भूमि अतिक्रमण तथा आपराधिक गतिविधि नियन्त्रण गर्न दक्षिण तथा उत्तरी नाका क्षेत्रमा सीमा सुरक्षा चौकी (बीओपी) थप गर्दै लगेको छ ।

कोभिड–१९ महामारीको बीचमा चार स्थानमा नयाँ सीमा सुरक्षा चौकी स्थापना गरिएको छ ।

सशस्त्र प्रहरी प्रवक्ता प्रवीनकुमार श्रेष्ठले बीओपीको स्थापनासँगै सीमा अतिक्रमण र आपराधिक क्रियाकलापमा नियन्त्रण आएको बताएका छन् ।

डडेल्धुराको जोगबुढासहित दुई स्थान, बैतडीको झुलाघाट, दार्चुलाको छाङरुङ, हुम्लाको हिल्सा र मुस्ताङको कोरोला नजिक लोमाङ्थाङको नेचाङमा नयाँ बीओपी स्थापना गरिएको छ । ती पोस्टहरूको नेतृत्व सशस्त्र प्रहरी निरीक्षकले गरेका छन् ।

सशस्त्र प्रहरी बलका अनुसार उत्तरी नाकाअन्तर्गत सङ्खुवासभाको किमाथाङ्का र सिन्धुपाल्चोकको तातोपानी नाकामा यसअघि नै सशस्त्र प्रहरी खटाइएको छ ।

ताप्लेजुङ, सिन्धुपाल्चोक, गोरखा, बझाङ र डोल्पालगायतका जिल्लामा बीओपी स्थापना गर्ने तयारी भइरहेको छ ।

भारतसँग सीमा जोडिएको नेपालको उत्तर तथा पूर्व–पश्चिम भागको एक हजार नौ सय किलोमिटर क्षेत्रमा १७ किलोमिटरको दूरीमा बीओपी स्थापना गर्नुपर्ने आवश्यक देखिन्छ । हाल १२१ वटा बीओपी भए पनि तत्कालै २२१ वटा पुर्‍याउने योजना छ ।

सशस्त्र प्रहरी बलले भने नेपाली भूमिको सुरक्षा तथा अतिक्रमण नियन्त्रण र सीमा नाकाबाट हुने अवैध तथा आपराधिक क्रियाकलाप रोक्न पाँच सय बीओपी निर्माणका लागि सरकारसँग प्रस्ताव गरेको छ ।

सशस्त्र प्रहरी बोर्डर सुरक्षा विभागका प्रमुख अतिरिक्त महानिरीक्षक नारायणबाबु थापा बीओपी थप गरिएसँगै जनशक्ति तथा भौतिक संरचना र क्षमता अभिवृद्धि आवश्यक रहेको बताएका छन् ।

करिब ३७ हजार जनशक्ति रहेको सशस्त्र प्रहरीमा बीओपी थपिएसँगै दक्ष जनशक्ति थप्नुपर्ने आवश्यकता औल्याइएको छ ।

प्रकाशित मिति : २० जेठ २०७७, मंगलबार  ७ : ४० बजे

रविलाई भेटेका नेता भन्छन् : सोमबार नै प्रधानमन्त्रीले यति गरेको भए देशले क्षति भोग्नुपर्ने थिएन

काठमाडौं- सुनसरीको कप्तानगञ्जमा आइतबारदेखि चर्किएको तनावले पाँच दिनसम्म देशभर संकट

देवानगञ्ज घटनाका घाइतेलाई भेट्न अस्पताल पुगे गृहमन्त्री (तस्बिरहरू)

सुनसरी – सुनसरीको देवानगञ्जमा भएको घटनामा घाइते भएकाहरूलाई भेट्न गृहमन्त्री

राहदानी विभागले थप आवेदन फारम खोल्ने

काठमाडौं – दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत आवेदन

सुनसरी घटनाका घाइते भेट्न गृहमन्त्री अस्पतालमा

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ सुनसरी घटनाका घाइतेलाई भेट्न आज

मधेशमा उच्च सुरक्षा सतर्कता, प्रहरीलाई बिदा नबस्न सर्कुलर

काठमाडौं – तराई–मधेशका विभिन्न जिल्लामा पछिल्ला दिनहरूमा शान्ति सुरक्षाको अवस्था