कोरोना भाइरस : विश्वभर ६३ लाख ६५ हजार संक्रमित, ३ लाख ७७ हजारको मृत्यु | Khabarhub Khabarhub

कोरोना भाइरस : विश्वभर ६३ लाख ६५ हजार संक्रमित, ३ लाख ७७ हजारको मृत्यु


२० जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ५ महिनादेखि फैलिएको कोरोना भाइरसको महामारीले विश्वभर ६३ लाख ६५ हजारभन्दा बढी संक्रमित भएका छन् ।

विश्वका २१३ मुलुक र २ पानीजहाजमा गरि ६३ लाख ६५ हजार ६२५ जना संक्रमित भएका छन् ।

यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा १ लाख ३ हजार ५० जना नयाँ संक्रमित थपिएका छन् । यस्तै एकै दिन अरू ३ हजार १७ जनाको मृत्यु हुँदा ज्यान गुमाउनेको संख्या ३ लाख ७३ हजार ४०७ पुगेको छ ।

३० लाख ८४ हजार ८०० जनाको उपचार भइरहेकोमा ५३ हजार ४०२ जनाको अवस्था गम्भीर छ भने २९ लाख ३ हजार ४१८ जना संक्रमणमुक्त भएका छन् ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरुमा मंगलबार बिहान सम्म १ लाख ७४ हजार ६५४ जनाको मृत्यु भएको छ ।

२० लाख ३४ हजार २६८ जना संक्रमित भएकोमा ९ लाख ९३ हजार ९५६ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरुमा १ लाख २५ हजार ९१९ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या २० लाख ९७ हजार ९२५ पुगेको छ । त्यसमध्ये ७ लाख ५९ हजार ६८८ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरुमा ३१ हजार २७१ जनाको मृत्यु भएको छ । ११ लाख ६३ हजार ८३८ जना संक्रमित भएकोमा ७ लाख १२ हजार ९४५ जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरुमा ४१ हजार ५४ जनाको मृत्यु भएको छ । ९ लाख ५ हजार ७८२ जना संक्रमित भएकोमा ३ लाख ६२ हजार ४६ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरुमा ४ हजार ३६९ जनाको ज्यान गएको छ भने १ लाख ५४ हजार ९०७ जना संक्रमित छन् । संक्रमितमध्ये ६५ हजार ९३१ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १२४ जनाको मृत्यु भएको छ । ८ हजार ८१४ जना संक्रमित भएकोमा ८ हजार २०१ जना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित मिति : २० जेठ २०७७, मंगलबार  ७ : ०५ बजे

हजारौं कर्मचारी कटौती गर्ने योजनामा चिनियाँ प्राविधिक कम्पनी

चीन । चिनियाँ प्रविधिको क्षेत्रमा संकट देखिएको छ । प्रविधिको

प्रथम महिला सचिव चन्द्रकला किरणको निधन

काठमाडौं – नेपालकी प्रथम महिला सचिव चन्द्रकला किरणको ९४ वर्षको

बुरुन्डीमा बाढीबाट २९ को मृत्यु

नैरोबी – गत वर्षको सेप्टेम्बरदेखि वर्षाको मौसम सुरु भएयता बुरुन्डीमा

रहेनन् प्यूठानका भेलुबाजे

प्यूठान – सामाजिक सञ्जालमा चर्चित प्यूठानका मिनबहादुर बुढा ‘भेलुबाजे’को निधन

प्रदेश सरकार जनताका समस्याप्रति संवेदनशील छ : मुख्यमन्त्री यादव

सप्तरी – मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले जनताका समस्याप्रति प्रदेश