कोरोना भाइरस : विश्वभर ६३ लाख ६५ हजार संक्रमित, ३ लाख ७७ हजारको मृत्यु « Khabarhub

कोरोना भाइरस : विश्वभर ६३ लाख ६५ हजार संक्रमित, ३ लाख ७७ हजारको मृत्यु


२० जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ५ महिनादेखि फैलिएको कोरोना भाइरसको महामारीले विश्वभर ६३ लाख ६५ हजारभन्दा बढी संक्रमित भएका छन् ।

विश्वका २१३ मुलुक र २ पानीजहाजमा गरि ६३ लाख ६५ हजार ६२५ जना संक्रमित भएका छन् ।

यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा १ लाख ३ हजार ५० जना नयाँ संक्रमित थपिएका छन् । यस्तै एकै दिन अरू ३ हजार १७ जनाको मृत्यु हुँदा ज्यान गुमाउनेको संख्या ३ लाख ७३ हजार ४०७ पुगेको छ ।

३० लाख ८४ हजार ८०० जनाको उपचार भइरहेकोमा ५३ हजार ४०२ जनाको अवस्था गम्भीर छ भने २९ लाख ३ हजार ४१८ जना संक्रमणमुक्त भएका छन् ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरुमा मंगलबार बिहान सम्म १ लाख ७४ हजार ६५४ जनाको मृत्यु भएको छ ।

२० लाख ३४ हजार २६८ जना संक्रमित भएकोमा ९ लाख ९३ हजार ९५६ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरुमा १ लाख २५ हजार ९१९ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या २० लाख ९७ हजार ९२५ पुगेको छ । त्यसमध्ये ७ लाख ५९ हजार ६८८ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरुमा ३१ हजार २७१ जनाको मृत्यु भएको छ । ११ लाख ६३ हजार ८३८ जना संक्रमित भएकोमा ७ लाख १२ हजार ९४५ जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरुमा ४१ हजार ५४ जनाको मृत्यु भएको छ । ९ लाख ५ हजार ७८२ जना संक्रमित भएकोमा ३ लाख ६२ हजार ४६ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरुमा ४ हजार ३६९ जनाको ज्यान गएको छ भने १ लाख ५४ हजार ९०७ जना संक्रमित छन् । संक्रमितमध्ये ६५ हजार ९३१ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १२४ जनाको मृत्यु भएको छ । ८ हजार ८१४ जना संक्रमित भएकोमा ८ हजार २०१ जना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित मिति : २० जेठ २०७७, मंगलबार  ७ : ०५ बजे

साउदी–पाकिस्तान–टर्कीबीच सैन्य क्षमता र सुरक्षा सहकार्य विस्तारमा जोड

एजेन्सी– साउदी अरब, पाकिस्तान र टर्कीएका सैन्य प्रमुखहरूले शुक्रबार रियादमा

तीन महिनामा मधेसबाट २७ करोडका सामान बरामद

काठमाडौं– पछिल्लो तीन महिनामा सशस्त्र प्रहरीले मधेस प्रदेशबाट झण्डै रु

चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा सतर्कता अपनाउन आग्रह

नारायणगढ – अविरल वर्षासँगै बाढी र डुबानको जोखिम बढेपछि चितवन

नारायणी नदी पसेपछि सुस्ताका स्थानीयलाई सुरक्षित स्थानमा सारिँदै

एजेन्सी– नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), १० असोजः पश्चिम नवलपरासीको सुस्ता

परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कमा नेपाली डायस्पोरासँग अन्तरक्रिया

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुने क्रममा