पहाडी भू-भागमा वर्षा हुने पूर्वानुमान « Khabarhub

पहाडी भू-भागमा वर्षा हुने पूर्वानुमान


२० जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जल तथा मौसम पूर्वानुमान महाशाखाले आज पहाडी भेगका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुने पूर्वानुमान गरेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मुलुकमा पश्चिमी वायुको प्रभावकासाथै पूर्वी भू-भाग नजिकै रहेको निम्न चापीय रेखा तथा अरब सागरमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभावले पहाडी क्षेत्रका थोरै स्थानमा वर्षा हुनेछ ।

महाशाखाले बिहिबारसम्मको पूर्वानुमान गर्दै जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा आज राति प्रदेश १, प्रदेश २, बागमती प्रदेश , गण्डकी प्रदेश, प्रदेश ५ का भू-भागहरुमा सामान्य बदली रहि बाँकी भू-भागमा मौसम आंशिक बदली रहनेछ।

प्रदेश १ का थोरै स्थानहरुमा भने राति मेघगर्जन/चट्याङसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार भोली प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश तथा प्रदेश  ७ का थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित वर्षाको सम्भावना रहेको छ ।

प्रकाशित मिति : २० जेठ २०७७, मंगलबार  ८ : २० बजे

मधेसमा विद्युत् चुहावट घट्दै, दुई महिनामा २० करोडभन्दा बढी बक्यौता असुली

जनकपुरधाम– पछिल्ला केही वर्षयता मधेस प्रदेशमा विद्युत् चुहावट निरन्तर घट्दै

शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७० देशका ७८८ आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७८८ जनाले अनुमति

कांग्रेस महाधिवेशन : मतदानको समय दिउँसो १ बजेका लागि सर्‍याे

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि

भारतीय चर्चित अभिनेता नाना पाटेकरको निधन

काठमाडौँ– भारतका चर्चित अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन

वर्षाले धानबालीमा क्षति

बाँके– बाँकेमा हिजो (बुधबार) परेको पानीले धानबालीमा ठूलो क्षति पुगेको