साउदीबाट फर्कन चाहने नेपालीलाई विवरण बुझाउन अनुरोध | Khabarhub Khabarhub

साउदीबाट फर्कन चाहने नेपालीलाई विवरण बुझाउन अनुरोध


२० जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । साउदी अरबको रियादस्थित नेपाली दूतावासले साउदीमा रहेका र समस्यामा परेका नेपालीलाई स्वादेश फिर्ता गर्नको लागि थप विवरण उपलब्ध गराउन अनुरोध गरेको छ ।

समस्यामा परेकाले दूतावासमा विवरण बुझाएको पनि थप विवरण ईमेल वा फोन मार्फत विवरण टिपाउन समेत अनुरोध गरेको छ ।

नेपाल फर्किनका लागि साउदीमा रहेका धेरै नेपालीहरुले फारम भरेको समेत दूतावासले जनाएको छ ।

बहिर्गमन भिसा लागेका, करार समाप्त भएका, रोगजारी गुमाएका, बहिर्गमन भिसा लागेका महिला, गर्भवती, पारिवारिक र भिजिट भिसामा आएकाहरु, अकामा नवीकरण नगरिएका वा नबनाइएका, आफन्तको मृत्यु भएका, कोरोनाबाहेक अन्य बिरामीहरु, रोजगारीसहित बिदामा जाने, अध्ययन सकेर नेपाल जानुपर्ने विद्यार्थी लगायतले फारम भरेको देखिएको दूतावासले जनाएको छ ।

नेपाल सरकारले कोरोना संक्रमणको कारणबाट उत्पन्न असहज परिस्थितिमा स्वदेश जानुपर्ने अवस्थामा रहेका नेपाली नागरिकहरुलाई प्राथमिकताका आधारमा स्वदेश जान सहजीकरण गर्ने निर्णय भएको हुँदा अविलम्ब निम्‍न विवरण राजदूतावासको ईमेलमा निम्‍न विवरण पठाउन दुतावासले अनुरोध छ ।

१. बहिर्गमन भिसा र राहदानीको कपि ।

२. विरामी भएकाहरुले चिकित्सकको प्रमाणपत्र, औषधीको प्रेस्कृप्सन । जहाजमा उड्न कठिनाइ हुने बिरामीले सो समेत खुलाउनुपर्ने ।

३. आफन्तको मृत्यु भई काजक्रियाका लागि नेपाल जानुपर्नेको हकमा कारण सहितको स्वघोषणा ।

४. नेपाल जानुपर्ने विद्यार्थीहरुको अध्ययन सकिएको वा बिदा आदिको कागजात ।

आभा खमीस, नजरान, जिजान, आभा, बाहा, बलजुरैसी, बिसा, ताइफ, मक्का, मदिना, जेद्दा, यम्बु, ताबुक, लगायतका स्थानमा कार्यरत तर नेपाली राजदूतावास रियादले आह्वान गरेको अनलाइन फारम भरेका सबैजनाको विवरण एकिकृत गरी नेपाली महाबाणिज्य दूतावास, जेद्धामा पठाइएकोले महाबाणिज्य दूतावास जेद्धामा सम्पर्क गर्न समेत अनुरोध छ ।

अकामा नविकरण नगरिएका, नवनाइएका, काम्पनी छाडी अन्यत्रै काम गरिरहेका लगायतका नेपालीहरुलाई स्वदेश फर्काउने सम्बन्धमा सम्बन्धित निकायसँग समन्वय भइरहेकोले सो सम्बन्धमा पछि जानकारी गराइने छ दुतावासले बताएको छ ।

हवाई टिकट खर्च, कोरोना संक्रमणको अनिवार्य स्वास्थ्य परिक्षण, क्वारेन्टाइनमा बस्नुपर्ने अवधि तथा पालना गर्नपर्ने अन्य शर्तहरुका बारेमा पछि जानकारी गराइने नेपाली राजदूतावास जनाएको छ ।

प्रकाशित मिति : २० जेठ २०७७, मंगलबार  ९ : २८ बजे

चिनियाँ आइफोनमा ह्वाट्स एप र थ्रेड्स प्रतिबन्ध

बेइजिङ– एप्पल कम्पनीले चीनमा रहेको आफ्नो एप्पल एप स्टोरबाट मेटाका

६८ लाखको लागतमा प्रशासनिक भवन निर्माण

टीकापुर– टीकापुर नगरपालिका– ७ को प्रशासनिक भवन ६८ लाख रुपैयाँको

साउदी प्रो लिग : अल नासरको पुनरागमन जित

काठमाडौँ- साउदी प्रो लिग फुटबलमा अल नासरले पुनरागमन जित निकालेको

संस्कृति संरक्षण गर्न नौमती बाजा हस्तान्तरण

लमजुङ– परम्परागत संस्कृति संरक्षण गर्ने उद्देश्यले जिल्लाका दलित समुदायलाई नौमती

मृत्युमार्गको विकल्प सिद्धबाब सुरुङ (फोटो फिचर)

मनिष अर्याल/नेपाल फोटो लाइब्रेरी पाल्पा – मृत्युमार्गले परिचित सिद्धार्थ राजमार्गको