काेराेना संक्रमणमुक्त भएपछि बीपी प्रतिष्ठानबाट १८ जना डिस्चार्ज « Khabarhub

काेराेना संक्रमणमुक्त भएपछि बीपी प्रतिष्ठानबाट १८ जना डिस्चार्ज


२० जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धरान- प्रदेश–१ का १८ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्केका छन् ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत १८ जना कोरोना संक्रमितहरु निको भएर डिस्चार्ज भएका हुन् ।

डिस्चार्ज हुनेमा धरानकी एक महिला हुन् भने १७ जना झापाका हुन् । उनीहरुलाई सोमबार राति अस्पतालबाट डिस्चार्ज भएका हुन् ।

दुई पटक पीसीआर जाँच गर्दा नेगेटिभ रिपोर्ट आएपछि उनीहरुलाई डिस्चार्ज गरिएको अस्पलाले जानकारी दिएको हो ।

उनीहरुलाई धरान उपमहानगरपालिकाका मेयर तिलक राई, प्रतिष्ठानका अस्पताल निर्देशक डा.गौरीशंकर साह, सहायक निर्देशक डा.विकास साह, मेट्रोन उपेन्द्र यादव र फोकल पर्सन डा.इन्द्र लिम्बुलगायतले विदाई गरेका थिए ।

धरानकी महिलालाई एम्बुलेन्समा घर पठाइएको थियो भने झापाका नागरिकहरुलाई बसमा पठाइएको प्रतिष्ठानले जनाएको छ ।

अब प्रतिष्ठानमा ८० संक्रमित र शंकास्पद ५ जना आइसोलेसनमा रहेको चिकित्सकले जनाएका छन्।

प्रकाशित मिति : २० जेठ २०७७, मंगलबार  १० : १२ बजे

भारतीय चर्चित अभिनेता नाना पाटेकरको निधन

काठमाडौँ– भारतका चर्चित अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन

वर्षाले धानबालीमा क्षति

बाँके– बाँकेमा हिजो (बुधबार) परेको पानीले धानबालीमा ठूलो क्षति पुगेको

बालेनको ‘धन्न’बाट सुरु भएको व्यंग्य, कलाकारमाझ बन्यो नयाँ ट्रेन्ड

कहिलेकाहीँ एउटा शब्द नै पर्याप्त हुन्छ, व्यंग्य गर्न, हँसाउन र

एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सिफारिस

काठमाडौँ– अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मा भएको आर्थिक अनियमितता

गाँजासहित एक युवक पक्राउ

भोजपुर– भोजपुरमा प्रहरीले ठूलो परिमाणमा गाँजासहित एक युवकलाई पक्राउ गरेको