क्वारेन्टाइनमा एकै जनाले २० जनाको खाना खाएपछि… « Khabarhub

क्वारेन्टाइनमा एकै जनाले २० जनाको खाना खाएपछि…


२० जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कोरोना संक्रमणको उच्च जोखिममा रहेको भारतमा अन्य राज्य र प्रदेशबाट आएकाहरुलाई गृहराज्यको क्वारेटाइन सेन्टरमा राख्ने गरीएको छ ।

जहाँ क्वारेन्टाइनमा रहेका हरेक ब्यक्तिको खानपानको जिम्मेवारी सरकारका तर्फबाट हुने गरेको छ । यसरी सञ्चालनमा ल्याएका भारतका कैयौं क्वारेन्टाइन कमजोर व्यवस्थापन र खराब नीतिको सिकार भएर चर्चामा छन् । तर बिहारको बक्सर जिल्लाको एक क्वारेन्टाइन भने चर्चामा आउनुको प्रसंग भने निकै रोचक छ ।

खासमा, बिहारको बक्सर जिल्लाको क्वारेन्टाइन चर्चामा आउनुको कारण हो, क्वारेन्टाइनमा रहेका एक युवक । क्वारेन्टाइनमा रहेका २१ वर्षीय अनुप ओझाले निक्कै ढी खाना खाएपछि यसको चर्चा चुलिएको हो ।

उनको खानाको क्षमता बारे सुन्दा पत्याउन निक्कै ग्राहो हुन्छ । शुरुवातमा उनी आएको दिन नै उनले ८५ वटा लिट्टि (समोसा झै गोलो आकारको परिकार) खाएका थिए । त्यसपछि उनको क्षमता बारे क्वारेन्टाइन ब्यवस्थापनले जानकारी पाएको थियो । दैनिक करिब ४० रोटि र २० प्लेट भात खानु उनको दैनिकी नै हो ।

अनुप राजस्थानमा काम गर्छन । उनी लकडाउनले बिहार फर्केका हुन् । अनुपको खानाको डाइट क्वारेन्टाइनमा मात्र होइन, उनको घरमापनि सोहि अनुसार रहने गरेको छ । उनको गाउँमा उनले एकै पटक १ सय समोसा खाएको रेकर्ड छ । तर उनको शरीरमा खाना अनुसारको मोटोपना छैन । उनको वजन ७० किलोग्राम मात्र छ ।

अनुपका बारेमा अर्को रोचक कुरा के छ भने उनी ज्यादा खाने मात्र होइन अन्य ब्यक्तिको तुलनामा ज्यादा काम पनि गर्दछन् । उनी एक्लैले ५/६ जना बराबरको काम गर्दछन् ।

अनुपको खानाखाने क्षमताका बारेमा जब अञ्चलाधिकारी समक्ष कुरा पुग्यो तब उनी स्वयम् यसबारे बुझ्न पुगे ।

अञ्चलाधिकारीले क्वारेन्टाइन व्यवस्थापकलाई अनुपले चाहे अनुसारको खानदिन र कुनै अभाव नपार्न निर्देशन दिएका छन् । हुनत क्वारेन्टाइन व्यवस्थापकलाई अनुपलाई ख्वाउन कुनै समस्या छैन । तर क्वारेन्टाइनमा खाना बनाउने भान्सेका लागी भने उनलाई अघाउने खाना खुवाउन निक्कै सकस पर्दै आएको छ ।

प्रकाशित मिति : २० जेठ २०७७, मंगलबार  ११ : ३४ बजे

बाढी र पहिरोले मुख्य राजमार्ग अवरुद्ध : काठमाडौँ जोड्ने कुन सडकको अवस्था के छ ?

काठमाडौँ – अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण देशका

अब पुनरुत्थानमा नमुना काम गर्नुपर्छ : मन्त्री रावल

 त्रिशूली– भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा

त्रिशूली ३ ‘ए’ सुरुङभित्र उद्धारकर्मी र फसेकाबीच संवाद, एकभन्दा बढी व्यक्तिको आवाज सुनियो

काठमाडौं– गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण

समर ट्रान्सफरमा चेल्सीको कीर्तिमानी कारोबार: ३९ खेलाडी बाहिरिँदा उठ्यो ५० करोड पाउन्ड

लन्डन – सन् २०२२ मेमा रुसी उद्योगपति रोमन एब्रोमोभिचको स्वामित्व

जलविद्युत् आयोजनाको सहयोगमा दुखुखोला पुल संरक्षण गरिने

म्याग्दी– बाढी र कटानको उच्च जोखिममा परेको म्याग्दीको बेनी–दरवाङ सडकअन्तर्गत