दक्षिण अरब सागरमा चक्रवात बिकसित हुँदै, नेपालमा कस्तो पर्ला प्रभाव ? | Khabarhub Khabarhub

दक्षिण अरब सागरमा चक्रवात बिकसित हुँदै, नेपालमा कस्तो पर्ला प्रभाव ?


२० जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपालमा फेरि अर्को चक्रवातको प्रभाव पर्ने भएको छ ।

दक्षिणपूर्वी अरब सागरमा रहेको न्यून चापीय प्रणाली उत्तरतर्फ सर्दै गरेको छ । आउँदो २४ घण्टामा उक्त प्रणाली विकसित हुँदै चक्रवात हुने सम्भावना रहेको छ ।

त्यसको प्रभावले नेपालका केही स्थानमा जुन ४, ५ र ६ अर्थात (जेठ २२–२४) मा वर्षाका साथै पश्चिमी उच्च हिमाली क्षेत्रमा हिमपातसमेत हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

केही दिनअघि बङ्गालको खाडीमा विकसित शक्तिशाली चक्रवात अंपुनको अप्रत्यक्ष प्रभावले नेपालका पूर्वी र मध्य भूभागमा हावाहुरीसहित वर्षा भएको थियो ।

मौसमविद् विभूति पोखरेलका अनुसार नेपालमा चक्रवातको प्रत्यक्ष असर गर्दैन । नेपालसम्म आइपुग्दा सो प्रणाली कमजोर भइसकेको हुन्छ । नेपालमा चक्रवातको आंशिक प्रभाव मात्र पर्ने बताइएको छ ।

अहिलेसम्मको अवस्थालाई हेर्दा उक्त चक्रवातको प्रभावले सुदूरपश्चिमी भूभागका केही स्थानमा वर्षा र पश्चिमी उच्च हिमाली भूभागमा हिमपात हुने सम्भावना रहेको मौसमविद् पोखरेलले बताइन् ।

प्रकाशित मिति : २० जेठ २०७७, मंगलबार  १२ : ०१ बजे

फिल्म ‘मनसारा’को रेड कार्पेट प्रिमियर

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘मनसारा’को

धुम्म मौसमले पर्यटनमा असर

गण्डकी – पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

कम्युनिष्ट पार्टीमा खिया लागेको छ : माधव नेपाल

चितवन – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

डढेलोले सिङ्गो गाउँ नै जोखिममा

बागलुङ – बागलुङमा आगलागी हुँदा दुई घर र दुई गोठ

‘मिस सुप्रा नेसनल’ बनिन् सजिना खनाल

काठमाडौं – ‘मिस्टर एन्ड मिस नेसनल नेपाल २०२४’ को ग्रान्ड