खाडी मुलुकमा कोरोनाले मृत्यु हुनेको संख्या १ हजार १२० पुग्यो « Khabarhub

खाडी मुलुकमा कोरोनाले मृत्यु हुनेको संख्या १ हजार १२० पुग्यो


२० जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – लाखौं नेपालीहरु कार्यरत खाडीका ६ मुलुकमा कोरोना भाइरसले १ हजार १२० जनाको मृत्यु भएको छ भने २ लाख ३२ हजार ६२३ जना संक्रमित भएका छन् ।

खाडीका ६ राष्ट्रमध्ये साउदी अरवमा अहिलेसम्म सबैभन्दा धेरै ५२५ जनाको मृत्यु भएको छ । त्यहाँ ८७ हजार १४२ जना संक्रमित भएका छन् ।

यस्तै यूएईमा २६६ जनाको मृत्यु भएको छ भने ३५ हजार १९२ जना संक्रमित भएका छन् । कोरोना भाइरसको संक्रमणले कुवेतमा २२० जनाको मृत्यु भएको छ भने २७ हजार ७६२ जना संक्रमित भएका छन् ।

यस्तै ओमानमा ५० जनाको मृत्यु भएको छ भने १२ हजार २२३ जना संक्रमित भएका छन् । कोरोना भाइरसको संक्रमणले कतारमा ४० जनाको मृत्यु भएको छ भने ५८ हजार ४३३ जना संक्रमित भएका छन् ।

कोरोना भाइरसको संक्रमणले बहराइनमा १९ जनाको मृत्यु भएको छ । त्यहाँ ११ हजार ८७१ जना संक्रमित भएका छन् ।

बैदेशिक रोजगारीमा रहेका लाखौं नेपालीहरु रहेका खाडी मुलुकमा संक्रमण बढ्दै जादा उनीहरु चिन्तित हुन थालेका छन् ।

प्रकाशित मिति : २० जेठ २०७७, मंगलबार  १२ : २५ बजे

पिएम कपमा आशिफ शेखको दोहोरो शतक : बन्यो नयाँ रेकर्ड

काठमाडौँ – पिएम कप क्रिकेटमा सशस्त्र पुलिस क्लबका ओपनर आशिफ

इटहरी गोल्डकप आजदेखि, एफसी नाइजेरिया र युवा समाज मोरङबीच प्रतिस्पर्धा

सुनसरी– सुनसरीको इटहरीमा आजदेखि १६औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण रेडबुल इटहरी

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल

बिमस्टेक स्तरीय रेडियोलोजी सम्मेलन र्‍याडकन २०२६ सम्पन्न, डा. कार्की पहिलो अध्यक्ष निर्वाचित 

काठमाडौं- नेपालको रेडियोलोजी क्षेत्रमा एक ऐतिहासिक कोशेढुङ्गा कायम गर्दै पहिलो

पिएम कपमा विनोद भण्डारीको शतक

काठमाडौँ – पिएम कप क्रिकेटमा त्रिभुवन आर्मी क्लबका विनोद भण्डारीले