ओलम्पियन बिष्टको सरकारलाई प्रश्न – बजेटमा किन खेल क्षेत्रलाई महत्व दिइँदैन ? « Khabarhub

ओलम्पियन बिष्टको सरकारलाई प्रश्न – बजेटमा किन खेल क्षेत्रलाई महत्व दिइँदैन ?


२० जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आगामि आर्थिक वर्षका लागि सरकारले ल्याएको बजेटमा खेल क्षेत्रलाई प्राथमिता नदिएको गुनासो ओलम्पियन दीपक बिष्टले गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले सरकारले आगामि आर्थिक वर्ष २०७७–०७८ का लागि ल्याएको बजेटले खेलकुदलाई प्राथमिकतामा राख्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।

सरकारले आगामि आवका लागि युवा तथा खेलकुद मन्त्रालयका लागि २ अर्क ३६ करोड विनियोजन गरेको छ । यो अघिल्लो वर्षको भन्दा ४० प्रतिशतले कम हो । चालु आवमा सरकारले ३ अर्ब ९९ करोड विनियोजन गरेको थियो भने १३ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि छुट्टै ३ अर्ब भन्दा बढी रकम विनियोजन गरेको थियो । खेलकुदमा लगानीगर्ने कुरा सरकारी तहबाट सैद्धान्तिक मात्रै भएको विष्टको गुनासो छ ।

राष्ट्रिय गौरव बढाउने, देशलाई अन्तर्राष्ट्रिय क्षेत्रमा परिचित बनाउन मद्दत गर्ने, अनुशासित बनाउने, स्वस्थ र हरेक रोग संग लडन सक्षम बनाउने, जिम्मेवार नागरिक तयार पार्ने, जात–जातिय सद्भाव एकता गर्ने, विपक्षीलाई आदर गर्न सिकाउने एकमात्र क्षेत्र खेल भएको भन्दै उनले खेल क्षेत्रलाई सरकारले बजेट छुट्टाउँने सवालमा किन महत्व दिदैन ?’ भन्दै बिष्टले प्रश्न गरेका छन् ।

दक्षिण एसियाली खेलकुद (साग) को इतिहासमा लगातार चार संस्करणमा स्वर्ण जिन्ते कीर्तिमानी खेलाडी बिष्टले लेखेका छन, ‘खेलकुदमा गरिएको लगानी खेर जाँदैन भन्ने थुप्रै उदाहरणहरू हामीसँग छन् । गत वर्ष स्वदेशमै आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा खेलाडीले प्राप्त गरेको सफलतालाई हेर्दा पुग्छ ।’

उनले ‘खेल खेलडीको लागी मात्रै होईंन , खेल सबैका लागी हो’ भन्ने नारालाई आत्मसाथ गर्दै अगाडि बढ्नु पर्ने बताएका छन् ।

प्रकाशित मिति : २० जेठ २०७७, मंगलबार  १२ : ५९ बजे

कांग्रेसद्वारा विपद् व्यवस्थापनका लागि रणनीतिक परिचालन टोली गठन

काठमाडौं- नेपाली कांग्रेसले विपद् व्यवस्थापन तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन रणनीतिक

कांग्रेस संसदीय बैठक : सुनसरीलगायतका घटनाको न्यायिक छानबिनको माग

काठमाडौं- नेपाली कांग्रेसले सुनसरीलगायत विभिन्न स्थानमा भएका घटनाको निष्पक्ष र स्वतन्त्र

कक्रोचको बलमा जनसुराजले उठायो टाउको, नेतालाई सल्लाह दिने पीकेले तोडे भाजपाको किल्ला

काठमाडौं- भारत बिहार राज्यको बाँकीपुरमा भाजपाको गढ भत्काउँदै वैकल्पिक राजनीतिक

जनार्दनको पहलमा छुट्टै राजनीतिक मोर्चा : उपेन्द्र, प्रभु, सीके र रेशमसमेत जोडिँदै

काठमाडौं- जनार्दन शर्माले मधेशवादी दलहरूसँग सहकार्य गर्ने भएका छन्। नेकपा

अर्थसंक्षेप : बजारमा ग्यासको हाहाकार, महँगी नियन्त्रण गर्न नसक्दा सरकारको आलोचना र राष्ट्र बैंक ऐनमा ‘डिजिटल करेन्सी’

बढ्दो महँगी नियन्त्रण गर्न सरकारको ध्यानाकर्षणराष्ट्रियसभाको आजको बैठकमा सांसदले दैनिक