लकडाउनमा गाउँ फर्केकालाई वनका फलफूलले भुलायो « Khabarhub

लकडाउनमा गाउँ फर्केकालाई वनका फलफूलले भुलायो


२० जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी- विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरिएको बन्दाबन्दीका कारण गाउँ पुगेका नागरिक जङ्गली फलफूलमा रमाइरहेका छन् ।

विदेश र शहरबाट आएकाहरुको दुई महिनादेखिको बसाइले गाउँबस्तीमा चहलपहल बढाएको छ । बालबालिकादेखि पाका उमेरका मानिसको चहलपहलले चाडपर्व आएझैँ भएको धवलागिरि गाउँपालिका–७ ताकमका नरनाथ आचार्यले बताए ।

‘कामविशेषले शहरबजार गएकाहरु गाउँमा आएका छन् । अहिले बन्दाबन्दीले गर्दा सबै घरमै छन्’, उनले भने, ‘काफल, ऐसेलु पाक्ने सिजन पनि यही हो । घर आएका मान्छेहरु त्यहीमै रमाएर बसेका छन् ।’

पछिल्लो समय गाउँका बस्ती सुनसान, खेतबारी र बाटाघाटा झाडीमा परिणत भएका थिए । गोठाला र खेतालाका गीत सुन्न छोडिएको थियो । पँधेरामा पानी खाने र पोखरीमा पौडी खेल्ने बालबालिका थिएनन् ।

वनका ऐसेलु, काफल, चुत्रो, जानमान्द्रो, मच्छ्यान्नो चराचुरुङ्गीको आहारामा सीमित थिए । भुइँमा झरेर कुहिनुको विकल्प थिएन । कोरोनाले काफल, ऐसेलु, चुत्रो, तिजु, जानमान्द्रोको झ्याङमा लुकामारी गर्ने अवसर जुराएको ताकमका विनोद घर्तीको भनाइ छ ।

‘जङ्गलमा काफल ऐसेलु खान पाउँदा बाल्यकालको याद आइरहेको छ’, उनले भने, ‘साथीभाइसँग भेट भएको छ । कोरोनाको डर भए पनि गाउँको लामो बसाइँ रमाइलै भएको छ ।’

वर्षौंदेखि शहरमा अर्काको खटनपटन, प्रदूषण र कोलाहलमा व्यस्त दैनिकी गुजारेकाहरु आमाको प्रेमिल काखमा रमाउन पाएझैँ खुशी लागेको उनले बताए ।

वसन्त ऋतु प्राकृतिक हिसाबले रमाइलो र सुन्दर मानिन्छ । यही याममा जङ्गलमा धेरै प्रकृतिका फलफूल पाक्छन् । शहर बजारमा जङ्गली फलफूल चाख्न महँगो मूल्य तिर्नुपर्छ ।

गाउँमा फर्किएकाहरु रुखमै चढेर आफैँ टिपेर ताजा फलफूल खान पाएका छन् । किशोरदेखि युवा र पाका उमेरका मानिस घरायसी, खेतबारी र दाउरा घाँस काट्नुका साथै जङ्गली फलफूल खाएर लकडाउनको समय कटाइरहेका ताकमका सुमन केसीले बताए ।

बेनीमा अध्ययन गर्ने घर्ती र केसी लकडाउन भएयता गाउँमै छन् । विगतका वर्षमा गाउँघरमा दशैँ तिहारको समयमा मात्र चहलपहल हुन्थ्यो । भूकम्प र नाकाबन्दीको समयमा पनि गाउँमा धेरै मानिस पुगेका थिए । ‘अहिले ऐसेलु र काफल उपभोग हुन नसकेर भुइँमा झरेर कुहिनुपर्ने अवस्था छैन’, ताकमकी आरती आचार्यले भने, ‘दुःखमा सम्झिने गाउँ नै रहेछ ।’

प्रकाशित मिति : २० जेठ २०७७, मंगलबार  ३ : ३८ बजे

अनलाइन जुवा, क्रिप्टो र अश्लिल सामग्रीका वेबसाइट र एप बन्द गर्न प्राधिकरणको निर्देशन

काठमाडौं- नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा कानूनले निषेध गरेका अनलाइन जुवा,

हमास प्रमुख इजिप्टमा कूटनीतिक भेटघाटमा व्यस्त

काएरो- प्यालेस्टाइनी लडाकु समूह हमासले इजरायलले अस्वीकार गरिसकेको अमेरिकाद्वारा प्रस्तावित

शंकर पोखरेलको निष्कर्ष : कम्युनिस्ट एकता होइन, जनतासँगको सम्बन्ध सुधार अहिलेको आवश्यकता

काठमाडौं– नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले कम्युनिस्ट नेतृत्वकै समयमा

लामो यात्रामा निस्केका भौतिक मन्त्रीलाई बैतडी पुगेपछि भाइरल ज्वरो, हेलिकोप्टर झिकाइँदै

धनगढी- सुदूरपश्चिम प्रदेशको भ्रमणमा रहेका भौतिक पूर्वाधार विकासमन्त्री सुनिल लम्साल

निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउनेगरी विद्युत् विधेयक ल्याउन इप्पानको माग

काठमाडौं– निजी क्षेत्रलाई ऊर्जा क्षेत्रको पूर्ण साझेदार बनाउनेगरी नयाँ विद्युत्