सागसब्जीमा विषादी न्यूनीकरणका लागि सचेतना अभियान « Khabarhub

सागसब्जीमा विषादी न्यूनीकरणका लागि सचेतना अभियान


६ मंसिर २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

नवलपरासी– व्यावसायिक रूपमा उत्पादन हुने सागसब्जीमा विषादीको मात्रा देखिएपछि कृषि विकास कार्यालय नवलपुरले कृषकहरूलाई विषादी न्यूनीकरणसम्बन्धी सचेतना अभियान थालेको छ ।

कृषि विकास कार्यालय, विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइ कावासोती र स्थानीय तहको संयुक्त पहलमा व्यावसायिक रूपमा सागसब्जी उत्पादन गर्ने किसानलाई विषादी प्रयोगसम्बन्धी सचेतना प्रदान गर्ने उद्देश्यले अभियान थालिएको कृषि विकास कार्यालय नवलपुरका प्रमुख कुलप्रसाद तिवारीले बताए ।

किसानको बारीसम्ममै पुगेर विषादीको प्रयोगसम्बन्धी सचेतना प्रदान गर्न सुरु गरिएको उनको भनाइ छ ।

नवलपुरको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशालामा केही दिनअघि काउलीमा ‘अर्गानोफस्फेट’ विषादीको मात्रा ९८ प्रतिशत भेटिएको थियो ।

कावासोती कृषि थोक बजार केन्द्रमा बिक्रीका लागि ल्याइएका सागसब्जीमा लगातार रूपमा विषादीको मात्रा भेटिएपछि विषादी प्रयोग न्यूनीकरणका लागि संयुक्त पहल थालिएको हो ।

सागसब्जी उत्पादक किसानसहित विषादी बेच्ने एग्रोभेटका सञ्चालकहरूलाई समेत विषादीको प्रयोगका विषयमा सचेत गराउने उद्देश्यले अहिले कामहरू गरिएको उनले बताए ।

किसानहरूलाई सही रूपमा विषादीको प्रयोग गर्न सिकाउन, जथाभावी विषादी प्रयोगले मानव स्वास्थ्य र कृषि पर्यावरणीय प्रणालीमा पर्ने असरहरूको बारेमा जानकारी दिनका लागि संयुक्त अभियान चलाइएको देवचुली नगरपालिका कृषि विकास शाखाका प्रमुख गगन भट्टराईले जानकारी दिए ।

उक्त क्रममा किसानहरूले प्रयोग गर्दै आएका विभिन्न विषादी, तिनीहरूको उचित प्रयोग समय, मात्रा र मानव जीवनमा पर्ने प्रभावबारे विस्तृत जानकारी प्रदान गर्ने गरिएको छ ।

किसानलाई बालीमा प्रयोग हुने विषादीको प्रकार, उचित मात्रा, प्रयोगको समय र मानव स्वास्थ्यमा पर्ने सम्भावित असरबारे जानकारी गराउने गरिएको छ ।

साथै, विषादी प्रयोग गरेको बालीमा विषादीको असर हुने समयको जानकारी गराउँदै विषादी प्रयोग गर्दा व्यक्तिगत सुरक्षा उपकरणको प्रयोग र विषादीको सही भण्डारण तथा नष्ट गर्ने उपायबारे पनि कृषकहरूलाई सिकाउने गरिएको कृषि विकास कार्यालय नवलपुर प्रमुख तिवारीले बताए ।

किसानले विषादीको सही रूपमा प्रयोग नगरेको, बढी मात्रामा विषादीको प्रयोग र कडा खालका विषादी प्रयोग गर्दा सागसब्जीमा विषादीको अवशेष भेटिने गरेको उनको भनाइ छ ।

किसानलाई विषादीको सही प्रयोग सिकाए मात्र पनि सागसब्जीमा विषादीको मात्रा घट्ने र मानव स्वास्थ्य जोगाउन सहयोग पुग्ने कृषि विकास कार्यालयका प्रमुख तिवारीले बताए । विषादी प्रयोग पछि विषादीको प्रकार हेरेर कति दिन टिप्न नहुने भन्ने समेत रहने हुँदा यो विषय ख्याल गरे मात्र पनि बजारका सागसब्जीमा विषादीको मात्रा घट्ने उनको भनाइ छ ।

संयुक्त पहलमा थालिएको अभियानपछि कृषकले सागसब्जीमा विषादीको मात्रा घटाउँदै गएकाले उपलब्धि राम्रो भएको उनले बताए ।

प्रकाशित मिति : ६ मंसिर २०८२, शनिबार  ९ : ३९ बजे

विश्वकप: मेसी र एम्बाप्पेलाई पछ्याउँदै हालान्ड र केन, कसले जित्ला गोल्डेन बुट ?

काठमाडौँ – फिफा विश्वकप २०२६ को उपाधि कसले जित्ला भन्ने

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दो

कञ्चनपुर– सुदूरपश्चिमको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा

बागलुङमा बर्सेनि बढ्दै एचआइभी सङ्क्रमित

ढोरपाटन– बागलुङमा एचआइभी सङ्क्रमितको सङ्ख्या २२० पुगेको छ । चालु

मुगुमा ३०६ मेगावाटको माथिल्लो मुगु कर्णाली जलविद्युत् आयोजना निर्माण हुने

सुर्खेत- मुगुको कार्मारोङ गाउँपालिका र छायाँनाथ रारा नगरपालिकामा निर्माण हुने ३०६

राष्ट्रपतिले गरे चार विधेयक प्रमाणीकरण

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदबाट पारित भएका चारवटा विधेयक प्रमाणीकरण