रुकुम घटनाको निष्पक्ष छानविन गर्न नेता खनालको माग « Khabarhub

रुकुम घटनाको निष्पक्ष छानविन गर्न नेता खनालको माग


२० जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले रुकुमपश्चिम चौरजहारी नगरपालिका सोतीमा भएको घटनाको निपष्क्ष छानविन गर्न माग गरेका छन् ।

उनले एक विज्ञप्ति जारी गर्दै दोषीलाई कडा कारवाही गरी पीडितलाई न्याय दिलाउन माग गरेका छन् । उनले घटनाबाट आफू स्तब्ध भएको जनाएका छन्।

उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘गृह मन्त्रालयले गठन गरेको छानबिन टोली र मानवअधिकार आयोगले गठन गरेको छानबिन समितिले न्यायिक, निश्पक्ष र कुनै पनि प्रभाव र दबाबबाट मुक्त भइ छानविन गरोस्, पीडितले उचित न्याय पाउनुपर्छ ।’

उनले आधुनिक समाज र मानव जातिले सिर्जना गरेका मूल्यलाई समेत चुनौती दिनेगरी भएको उक्त घटनाप्रति भर्त्सना गरेका छन् ।

 

प्रकाशित मिति : २० जेठ २०७७, मंगलबार  ९ : १२ बजे

टप एन्ड टी प्रतियोगिताका लागि नेपाल ‘ए’ क्रिकेट टिमको बिदाइ

काठमाडौं– अस्ट्रेलियाको डार्विनमा हुने टप एन्ड टी प्रतियोगिताका लागि नेपाल ‘ए’

सरकार धार्मिक एवं प्राकृतिक सम्पदा संरक्षणमा प्रतिबद्ध छ : मन्त्री पौडेल

महोत्तरी– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले सरकार धार्मिक

सरकारसँग सुस्मिताको गुहार : मेरो नागरिकता फिर्ता दिएर गरिखान देऊ

उर्लाबारी, मोरङ – ‘मेरो आफ्नै सक्कली नागरिकता हातमा भइदिएको भए

सरकार र लघुवित्त पीडितबीच सातबुँदे सहमति, काठमाडौं केन्द्रित आन्दोलन स्थगित

काठमाडौं– सरकार र लघुवित्त तथा वित्तीय शोषणविरुद्ध किसान मजदुर आन्दोलन

तथ्य र तर्कमा आधारित राजनीतिक धारणा बनाउन युवाहरूलाई आग्रह

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले तथ्य र तर्कमा आधारित राजनीतिक धारणा