कोरोना भाइरस: विश्वभर १ करोड ७ लाख कुल संक्रमित पुगे, ५ लाख बढीले ज्यान गुमाए « Khabarhub

कोरोना भाइरस: विश्वभर १ करोड ७ लाख कुल संक्रमित पुगे, ५ लाख बढीले ज्यान गुमाए


१८ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोनाभाइरस (कोभिड–१९) को संक्रमणबाट बिहीबारसम्म विश्वभरमा पाँच लाखभन्दा बढीको मृत्यु भएको छ । पछिल्लो विवरण अनुसार संसारभरि मृत्यु भएकाहरुको संख्या पाँच लाख १८ हजार ४४ पुगेको छ ।

विश्वभरमा हालसम्म सङ्क्रमणमुक्त भएकाहरुको संख्या ५९ लाख ३० हजार २२ पुगेको छ भने कुल सङ्क्रमितको संख्या १ करोड ७ लाख ९२ हजार पुगेको छ । संसारभरका २ सय १५ मुलुकमा कोरोना भाइरस देखिएको छ ।

पछिल्लो २४ घण्टामा संसारभर १ लाख ९५ हजार ७ सय ८९ जना संक्रमित थपिएका छन् ।

कुल सङ्क्रमितहरूमध्ये सबैभन्दा धेरै संक्रमित अमेरिकामा रहेका छन् । यो समाचार तयार पार्दासम्म अमेरिकामा २७ लाख ७८ हजार १ सय ४३ जना सङ्क्रमित पुगेका छन् । अमेरिकामा पछिल्लो २४ घण्टामा मात्र ५० हजार २ सय ९० जना संक्रमित थपिएका छन् ।

कोरोना संक्रमणपछि अमेरिकामा मृत्यु हुनेको संख्या १ लाख ३० हजार ७ सय ८८ पुगेको छ ।

कोरोनाबाट दोस्रो धेरै प्रभावित हुने देशमा अहिले ब्राजिल छ । केही समयअघिसम्म प्रभावितको सूचीमा पछाडि रहेको ब्राजिलमा अहिले तीव्र रुप्मा कोरोना संक्रमण फैलिएको छ । पछिल्लो २४ घण्टामा मात्र ब्राजिलमा ४४ हजारभन्दा बढी संक्रमित थपिएका छन् ।

ब्राजिलमा हालसम्म १४ लाख ५३ हजार ३ सय ६९ जना सङ्क्रमित भएका छन् भने ६० हजार ७ सय १३ ले ज्यान गुमाएका छन् ।

त्यसैगरी तेस्रो धेरै प्रभावित भएको राष्ट्र रुसमा ६ लाख ५४ हजार ४ सय ५ जना सङ्क्रमित हुँदा ९ हजार ५ सय ३६ जनाको मृत्यु भएको छ ।

सङ्क्रमितहरुको संख्याका आधारमा चौथोमा भारत, पाँचौमा बेलायत, छैठौँमा स्पेन, सातौंमा पेरु, आठौँमा चिली, नवौँमा इटली र दशौँमा इरान रहेका छन् ।

भारतमा कोरोना संक्रमितको संख्या ६ लाख ५ हजार २ सय २० पुगेको छ । यस्तै भारतमा बिहीवार बिहानसम्म मृत्यु हुनेको संख्या १७ हजार ८ सय ४८ पुगेको छ भने पछिल्लो २४ घण्टामा १९ हजारभन्दा बढी संक्रमित थपिएका छन् ।

कोरोनाका कारण विश्वभरि सङ्क्रमितहरुको संख्यामा कमी नआए पनि मानवीय गतिविधिमा भने बृद्धि हुन थालेको छ ।

धेरैजसो देशले कोरोना भाइरस फैलिन नदिन भन्दै गरिएको लकडाउनलाई पनि खुकुलो बनाउन थालेका छन् ।

नेपालमा हालसम्म कोरोना भाइरसको संक्रमणबाट ३० जनाले ज्यान गुमाइसकेका छन् । यस्तै १४ हजार ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै नेपालमा कोरोना संक्रमित भई निको हुनेको संख्या ४ हजार ६ सय ५६ पुगेको छ ।

प्रकाशित मिति : १८ असार २०७७, बिहीबार  ६ : २९ बजे

कांग्रेस सभापतिको उम्मेदवारी शुल्क ४० हजार, उपसभापति र महामन्त्रीको ३० हजार

काठमाडौं– नेपाली कांग्रेसले पार्टीको निर्वाचनसम्बन्धी निर्देशिका जारी गर्दै विभिन्न पदका

बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु

काठमाडौं– काठमाडौँ महानगरपालिका–३ स्थित गङ्गालाल अस्पताल नजिक बस र स्कुटर

नेपालको आफ्नै बहु-क्षेत्रीय एक्सप्रेस ई-कमर्स प्लेटफर्म यतिडील डटकम सञ्चालनमा

काठमाडौं– नेपालको डिजिटल व्यापार तथा ई-कमर्स क्षेत्रमा नयाँ आयाम थप्ने ई-कमर्स

कमला ह्यारिस चुनाव लडे न्युसम राष्ट्रपतिको दौडमा नउत्रने

एजेन्सी– क्यालिफोर्नियाका गभर्नर गेभिन न्युसमले अमेरिकाकी पूर्वउपराष्ट्रपति कमला ह्यारिस सन्

राप्रपामा रोकिएन एमालेसँग मिल्दा चर्किएको विवाद, केन्द्रीय कार्यालय घेर्दै बागमतीका नेताहरू

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय कार्यकारिणी समितिले गरेको कारबाहीविरुद्ध