ललितपुरमा ३ स्वास्थ्यकर्मीसहित थप ७ जनामा कोरोना संक्रमण « Khabarhub

ललितपुरमा ३ स्वास्थ्यकर्मीसहित थप ७ जनामा कोरोना संक्रमण


१८ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर- ललितपुरमा तीन स्वास्थ्यकर्मीसहित थप ७ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको खुलेको छ ।

योसँगै जिल्लामा कोरोना संक्रमित हुनेको संख्या १७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार ललितपुरका पाँच जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि गरेको थियो ।  जसमा ४ महिला र १ पुरुष जना रहेका छन् ।

संक्रमितहरु ललितपुर महानगरपालिका, महालक्ष्मी नगरपालिकासँगै पहिलो पटक गोदावरी नगरपालिकामा पनि पुष्टि भएको छ । यता स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा खगेश्वर गेलालका अनुसार बुधबार अल्का अपतालका २ र १ जना क्यान्सर अस्पतालका स्वास्थ्यकर्मीसहित ७ जनामा पोजेटिभ देखिएको हो ।

हिजो बुधबार पुष्टि भएका संक्रमितहरुमा ललितपुर महानगरपालिका वडा नं. १५ सातदोबाटोका ३४ वर्षिय महिला, ललितपुर महानगरपालिका वडा नं १४ थसीखेलका ३३ वर्षिय महिला र ललितपुर महानगरपालिका वडा नं. २३ हात्तीवनका २४ वर्षिय महिला रहेका छन् ।

सातदोबाटोमा भेटिएकी संक्रमित महिला अल्का हस्पिटलमा कार्यत स्वास्थ्यकर्मी रहेको कार्यालय प्रमुख डा गेलालले जानकारी दिए । उनका अनुसार गोदावरी नगरपालिका वडा नं. ११ चापागाउँका ६६ वर्षिय पुरुष र महालक्ष्मी नगरापलिका वडा नं. ८ लुभुका २३ वर्षको महिला मा पनि कोरोना भाइरसको संक्रमण देखीएको हो ।

संक्रमित भएका पाँचैजनालाई ललितपुरको पाटन अस्पतालको आइसोलेसन वार्डमा राखिएको छ । पाटन अस्पतालको कोभिड वार्डको आइसोलेसनमा राखेर उपचार भइरहेको छ, डा. गेलालले भने, अहिलेसम्म १५ जनामा संक्रमण देखिइसकेको छ ।

यसअघि गत मंगलबार मात्रै एक जनामा संक्रमण भएको थियो । कतारबाट गत असार ११ गते नेपाल आएका ललितपुर महानगरपालिकाको वडा नं. १४ नखिपोटका २८ वर्षीय पुरुषमा कोरोना पोजिटिभ देखिएको थियो ।

यसअघि बाग्मती गाउँपालिकाको प्युटारमा १४ वर्षीय बालिका र भैसीपाटीमा साढे २ बर्षको बच्चामा पनि कोरोना भेटिइसकेको छ ।

प्रकाशित मिति : १८ असार २०७७, बिहीबार  ६ : ३४ बजे

नेपाली आरोहीलाई अवसर दिन सांसद शेर्पाको माग

काठमाडौं– सांसद मिङ्मा ग्याबु शेर्पाले नेपाली आरोहीलाई नेपालमै बस्ने र

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

काठमाडौं- नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय नेपाली सङ्घ

‘चल गोविन्दे’बाट हिट सुरेशको नयाँ तीज गीत : मर्द रोको भित्रभित्र कसले बुझ्ने हो

काठमाडौं- दशकअगाडि पश्चिमे भाकाको ‘चल गोविन्दे’ गीतबाट लोकप्रिय भएका गायक

जेन-जी आन्दोलन हाइज्याक भएकै कारण जनताले बदलावको अनुभूति गरेनन् : प्रभु साह 

काठमाडौं– आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु

देश र जनताको हितमा हुन्छ भने पेटिकोट लगाएर बिर्तामोड बजारमा हिँड्न तयार छु : सुदन किराती

झापा- श्रम संस्कृति पार्टीका नेता सुदन किरातीले देशको हितमा हुन्छ