आज पनि भारी वर्षाको सम्भावना, यस्तो छ तीन दिनको मौसमको पूर्वानुमान « Khabarhub

आज पनि भारी वर्षाको सम्भावना, यस्तो छ तीन दिनको मौसमको पूर्वानुमान


१८ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जल तथा मौसम पूर्वानुमान महाशाखाले आज पनि मुलुकका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाउँदै सुरक्षा सतर्कता अपनाउन अनुरोध गरेको छ ।

महाशाखाका अनुसार अहिले बिहान पनि सातै प्रदेशका केही स्थानमा पानी परिरहेको छ। आज दिउँसो सबै प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा जारी रहने देखिएको छ।

प्रदेश १, २, गण्डकी र प्रदेश ५ का एक-दुई स्थानमा भने भारी वर्षाको समेत सम्भावना छ। यस्तै राति सबै प्रदेशका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ।

प्रदेश १, गण्डकी प्रदेश, प्रदेश ५ का एक-दुई स्थानमा भने ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।

बिहीबार बिहान ६ बजे  मौसम बुलेटिन जारी गर्दै महाशाखाले आगामी २४ घण्टे चेतावनी दिँदै वर्षा हुने क्षेत्रमा बाढी/पहिरो, डुबान तथा यातायातमा अवरोधजस्ता विपद् आउने सम्भावना रहेकाले सुरक्षा सतर्कता अपनाउन अनुरोध गरेको हो ।

यस्तो छ तीन दिनको मौसमको पूर्वानुमान

असार १८ गते (विहिवार)

दिउँसोः देशका सबै प्रदेशहरुमा सामान्य बदली रही सबै प्रदेशका केही स्थानहरुमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश, प्रदेश ५ का एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

रातिः देशको सबै प्रदेशहरुमा सामान्य बदली रही सबै प्रदेशका धेरै स्थानहरुमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, गण्डकी प्रदेश, प्रदेश ५ का एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

असार १९ गते (शुक्रबार)

दिउँसोः देशका सबै प्रदेशहरुमा सामान्य बदली रही सबै प्रदेशका धेरै स्थानहरुमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

रातिः देशको सबै प्रदेशहरुमा सामान्य बदली रही धेरै स्थानहरुमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश 5, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

असार २० गते (शनिबार)

दिउँसोः देशका सबै प्रदेशहरुमा सामान्य बदली रही सबै प्रदेशका धेरै स्थानहरुमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

रातिः देशको सबै प्रदेशहरुमा सामान्य बदली रही धेरै स्थानहरुमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका का एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

प्रकाशित मिति : १८ असार २०७७, बिहीबार  ७ : ४५ बजे

पहिराले अरनिको राजमार्ग अवरुद्ध

काठमाडौं – केही दिन यतादेखि परेको वर्षाका कारण आएको पहिराका

एक हजार ५९५ पदाधिकारी एकैपटक पदमुक्त : कुन क्षेत्रमा कति ? (विवरणसहित)

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा ‘सार्वजनिक पदाधिकारीको पदमुक्त

‘मेरो स्कुल’ कृति सार्वजनिक

काठमाडौं – लेखिका मीना खड्काको पहिलो कृति ‘मेरो स्कुल’ सार्वजनिक

कुन-कुन निकायका पदाधिकारीहरू हुँदैछन् पदमुक्त ? (सूचीसहित)

काठमाडाैं – राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष

मुलुकका विभिन्न स्थानबाट लागुऔषधसहित २२ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट लागुऔषधसहित २२ जनालाई पक्राउ