प्रचण्डलाई भेट्न प्रधानमन्त्री ओली निकट नेता खुमलटारमा « Khabarhub

प्रचण्डलाई भेट्न प्रधानमन्त्री ओली निकट नेता खुमलटारमा


१८ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठक शुरु हुनु अगाडि प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओली निकटका स्थायी कमिटीका नेताहरु खुमलटार पुगेका छन्।

कार्यकारी अध्यक्ष पुष्पकमल दाहाललाई भेट्न प्रधानमन्त्री निकट नेताहरु खुमलटार पुगेका हुन्।

८ बजे खुमलटार पुगेका नेताहरु अहिले अध्यक्ष दाहालसँग छलफल गरिरहेका छन् ।

अध्यक्ष दाहाललाई भेट्न स्थायी कमिटी सदस्यहरु ईश्वर पोखरेल, प्रदीपकुमार ज्ञवाली, शंकर पोखरेल, बिष्णु रिमाल लगायत पुगेका छन्।

गण्डकी प्रदेशका मुख्यमन्त्री रहेका पृथ्वी सुब्बा गुरुङ र आर्थिक मामिला मन्त्री किरण गुरुङ बाहेक प्रधानमन्त्री निकट स्थायी कमिटीका नेताहरु खुमलटार पुगेका हुन्।

बुधबार साँझ झम्सिखेलमा दाहाल र बरिष्ठ नेता माधवकुमार नेपाल निकटको भेला भए पछि बिहानै प्रधानमन्त्री ओली निकट नेताहरु खुमलटार पुगेका हुन्। झम्सिखेल भेलाले ओलीले पार्टीले गर्ने निर्णय मान्नुपर्ने निष्कर्ष निकालेको छ।

बुधबार बिहान बालुवाटारमा प्रधानमन्त्री ओलीले मन्त्रीहरु सहित स्थायी कमिटीका नेताहरुलाई बोलाएका थिए। यसपछि दिनभर बालुवाटारमा आफू निकट नेताहरुसँग सम्वाद रहेका प्रधानमन्त्री ओलीको सन्देश लिएर नेताहरु आज बिहानै खुमलटार पुगेका छन्।

१० असार देखि जारी स्थायी कमिटी बैठक एघार बजे बालुवाटारमा शुरु हुँदैछ। त्यस अगाडि बरिष्ठ नेता नेपाल समूहका केही नेताहरु समेत कोटेश्वरमा भेला भएका छन्।

ओलीले प्रधानमन्त्री र अध्यक्ष दुवै पद छोड्नुपर्ने उनी इतर समूहले बैठकमा माग राखेका छन्।

यो पनि पढ्नुहोस्

ओलीविरुद्ध एकजुट भएर अघि बढ्ने दाहाल–नेपाल भेलाको निर्णय

प्रकाशित मिति : १८ असार २०७७, बिहीबार  ९ : २६ बजे

म्यान्मामा भीषण बर्षा र विनासकारी बाढीपछि जनजीवन प्रभावित

याङ्गुन- म्यान्माको पश्चिमी राखाइन र चिन राज्यमा व्यापक वर्षापछि बाढी

डुबान प्रभावित सुकुम्वासीको अवस्था बुझ्न कीर्तिपुर गएका माजिद अन्सारीको टिम प्रहरी नियन्त्रणमा

काठमाडौं- सुकुम्वासीहरूलाई राखिएको कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा पुगेका जेन-जी अगुवा माजिद

बझाङमा जीप दुर्घटनामा परी घटनास्थलमै तीन जनाको मृत्यु

काठमाडौं- बझाङको केदारस्यूँ गाउँपालिका–७ स्थित सुङगरे क्षेत्रमा भएको जीप दुर्घटनामा

विराटनगरमा औद्योगिक प्रदर्शनी स्थल निर्माणका लागि सरकारसँग पहल गर्न उद्योगीको आग्रह

विराटनगर- सुनसरी–मोरङ औद्योगिक कोरिडोरका उद्योगी तथा व्यवसायीहरूले विराटनगर महानगरपालिका–३ मा

समुदाय-प्रहरी साझेदारी कार्यक्रमबाट २१ हजारभन्दा बढी लाभान्वित

धरान– सुनसरीमा समुदाय–प्रहरी साझेदारी कार्यक्रम प्रभावकारी भएको पाइएको छ ।