अनाथालयमा भलिबल खेलाडी अवस्थीले मनाए जन्मदिन « Khabarhub

अनाथालयमा भलिबल खेलाडी अवस्थीले मनाए जन्मदिन


१८ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली राष्ट्रिय भलिबल टोलीका खेलाडी टेकराज अवस्थीले आफ्नो २५ औं जन्मदिन अनाथालयमा मनाएका छन् ।

बुधबार २४ वर्ष पुरा भएका अवस्थीले महेन्द्रनगरमा रहेको महाकाली अनाथालयका बालकालिकासँग जन्मदिन मनाएका हुन् ।

सानै उमेरमा पीता गुमाएको सम्झाना गर्दै अवस्थितले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘जिवनको २४ वसन्त पार गर्दा मैले सानोमा बाबा गुमाएको महशुस गरे अनि महेन्द्रनगरमा रहेको अनाथालयमा अनाथ वच्चा संग जन्मदिन मनाउन पाए म अत्यन्त खुशी छु ।’

उनले अनाथ आश्रममा रहेका बालबालिकालाई ८ हजार बराबरको खाद्यान्न सामग्री वितरण गरेका हुन। अवस्थीको जन्मदिन कार्यक्रममा राष्ट्रिय महिला भलिबल टोलीका प्रशिक्षक जगदिश भट्ट पनि सहभागी भएका थिए ।

नोबेल कोरोना भाइरस ९कोभिड १९० ले गर्दा खेल गतिविधि बन्द हुँदा अवस्थी घरमै छन् । चैत ११ गतेदेखि लकडाउन भएपछि अवस्थी र परिवारसँगै बसिरहेका छन् । काठमाडौंमा अघिल्लो वर्ष भएको एभिसी सेन्ट्रल जोन भलिबल प्रतियोगितामा खेल्दै टेकले राष्ट्रिय टोेलीबाट डेब्यु गरेका हुन् ।

उनी गएको मंसिरमा काठमाडौंमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) खेलेका थिए ।

प्रकाशित मिति : १८ असार २०७७, बिहीबार  १ : १६ बजे

चाडपर्वमा चोरी हुन सक्ने भन्दै सजग रहन पर्सा प्रहरीको अनुरोध

वीरगञ्ज – जिल्ला प्रहरी कार्यालय पर्साले चाडपर्वको समयमा हुन सक्ने

५ हजार ५ सय मत गणना हुँदा कसले कति मत ल्याए ? (सूचीसहित)

काठमाडाैं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जारी मतगणनामा उपसभापतिमा चन्द्रकान्त

सुनका गरगहना चोरीमा संलग्न पाँच जना पक्राउ

काठमाडौं – भक्तपुरको मध्यपुरथिमि नगरपालिका-१ लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

बूढीगण्डकी बाढी : पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार

काठमाडौं – गोरखाको बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीका कारण पाँच

दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट

कञ्चनपुर – सुदूरपश्चिम प्रदेश सरकारले कञ्चनपुरको भीमदत्त र दोधारा-चाँदनी जोड्ने