अनाथालयमा भलिबल खेलाडी अवस्थीले मनाए जन्मदिन « Khabarhub

अनाथालयमा भलिबल खेलाडी अवस्थीले मनाए जन्मदिन


१८ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली राष्ट्रिय भलिबल टोलीका खेलाडी टेकराज अवस्थीले आफ्नो २५ औं जन्मदिन अनाथालयमा मनाएका छन् ।

बुधबार २४ वर्ष पुरा भएका अवस्थीले महेन्द्रनगरमा रहेको महाकाली अनाथालयका बालकालिकासँग जन्मदिन मनाएका हुन् ।

सानै उमेरमा पीता गुमाएको सम्झाना गर्दै अवस्थितले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘जिवनको २४ वसन्त पार गर्दा मैले सानोमा बाबा गुमाएको महशुस गरे अनि महेन्द्रनगरमा रहेको अनाथालयमा अनाथ वच्चा संग जन्मदिन मनाउन पाए म अत्यन्त खुशी छु ।’

उनले अनाथ आश्रममा रहेका बालबालिकालाई ८ हजार बराबरको खाद्यान्न सामग्री वितरण गरेका हुन। अवस्थीको जन्मदिन कार्यक्रममा राष्ट्रिय महिला भलिबल टोलीका प्रशिक्षक जगदिश भट्ट पनि सहभागी भएका थिए ।

नोबेल कोरोना भाइरस ९कोभिड १९० ले गर्दा खेल गतिविधि बन्द हुँदा अवस्थी घरमै छन् । चैत ११ गतेदेखि लकडाउन भएपछि अवस्थी र परिवारसँगै बसिरहेका छन् । काठमाडौंमा अघिल्लो वर्ष भएको एभिसी सेन्ट्रल जोन भलिबल प्रतियोगितामा खेल्दै टेकले राष्ट्रिय टोेलीबाट डेब्यु गरेका हुन् ।

उनी गएको मंसिरमा काठमाडौंमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) खेलेका थिए ।

प्रकाशित मिति : १८ असार २०७७, बिहीबार  १ : १६ बजे

अपाङ्गता भएका व्यक्ति नसमेटिएको अध्यादेश सच्याउन माग

काठमाडौं– चार राजनीतिक दलका भ्रातृ सङ्गठनले निर्वाचनसम्बन्धी अध्यादेशमा अपाङ्गता भएका

विभिन्न स्थानमा तीनजना मृत अवस्थामा फेला

काठमाडौं– प्युठानको स्वर्गद्वारी नगरपालिका-७ भैँसेलोटे बस्ने ३० वर्षीय झक बहादुर बुढा

सवारी दुर्घटनामा एक जनाको मृत्यु

मोरङ– विराटनगर महानगरपालिका-११ जनपथ टोलस्थित सडकमा प्र-१-०२-०५७ प २२०३ नम्बरको मोटरसाइकल र

जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

मोरङ– १३ वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा मिक्लाजुङ गाउँपालिका-१ कोलबोटे बस्ने

चितवनबाट अवैध लागूऔषधसहित तीन जना पक्राउ

चितवन– माडी नगरपालिका-२ ढिकोन टोलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय १३ ट्याब्लेट