गैँडाकोट नगरपालिकामा तालाबन्दी « Khabarhub

गैँडाकोट नगरपालिकामा तालाबन्दी


१८ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपुर – नेपाली काँग्रेस निकटका जनप्रतिनिधिले गैँडाकोट नगरपालिकामा तालाबन्दी गरेसँगै सेवाग्राही मर्कामा परेका छन् ।

नगर प्रमुख छत्रराज पौडेलले आगामी आर्थिक वर्ष २०७७/७८ का लागि नीति तथा बजेट असार १६ गते पारित गरेपछि केही नगरसभा सदस्य असन्तुष्ट हुँदै नगरपालिकामा ताला लगाएका थिए ।

जनताको कामकाज ठप्प पार्नुले उनीहरुमाथि आफूहरुको भरोसा उडेको गैँडाकोट– ५ का मेघराज खरालले बताए । ‘हाम्रो कामकाजमा सहजता पुर्‍याउने भन्दै चुनावका बेला भोट माग्न आएका थिए’, खरालले भने, ‘अहिले असार मसान्तको समयमा आएर तालाबन्दी गर्दा हाम्रो भुक्तानी रोकिएका छन् ।’

नगरमा सञ्चालित विभिन्न योजना सम्पन्न भएपछि रकम भुक्तानी लिन आउँदा तालाबन्दीले दुःख पाएको खरालले गुनासो गरे ।

असार १६ गते देखि नगरप्रमुख छत्रराज पौडेल, उपप्रमुख विष्णुकुमारी कँडेल र प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद आचार्यको कार्यकक्षमा उनीहरुले तालाबन्दी गरेका थिए ।

प्रकाशित मिति : १८ असार २०७७, बिहीबार  ४ : ०४ बजे

दशैँ लागि पोखरा भित्रिन थाले हिमाली भेडा–च्याङ्ग्रा (तस्बिर)

पोखरा– नेपालीहरूको महान् पर्व वडादशैँ नजिकिँदै गर्दा हिमाली जिल्लाबाट भेडा–च्याङ्ग्रा

धानखेतीमा रोगको सङ्क्रमण देखिएपछि किसान चिन्तित

बाँके– बाँकेमा फल लाग्ने बेला धानखेतीमा रोगको सङ्क्रमण देखिएपछि किसान

कांग्रेस महाधिवेशन : यस्तो छ निर्वाचन कार्यतालिका

काठमाडौँ– नेपाली कांग्रेसको निर्वाचन समितिले १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय कार्यसमितिको

बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजनाको मृत्यु, एकजना गम्भीर घाइते

बागलुङ– बागलुङमा बाटो स्तरोन्नति गर्ने क्रममा माटोको ढिस्कोले पुरिएर दुईजना

मौसम खुलेपछि अन्नपूर्ण आधार शिविरमा पर्यटक भरिभराउ

कास्की– विश्वप्रसिद्ध अन्नपूर्ण आधार शिविर (एबीसी) पदयात्रामा जाने पर्यटकको सङ्ख्या