धानखेतीमा रोगको सङ्क्रमण देखिएपछि किसान चिन्तित « Khabarhub

धानखेतीमा रोगको सङ्क्रमण देखिएपछि किसान चिन्तित


१९ आश्विन २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

बाँके– बाँकेमा फल लाग्ने बेला धानखेतीमा रोगको सङ्क्रमण देखिएपछि किसान चिन्तित भएका छन् । अचानक धानखेतीमा धानको बोट सुक्ने समस्या देखिएको डुडुवा गाउँपालिका–५ का किसान अम्मर बुढाथोकीले बताए । ‘धानको पातमा साना खैरो हरियो पानीले भिजेको जस्ता थोप्ला देखिने र सङ्क्रमण बढ्दै जाँदा धान सुक्दै जाने समस्या देखिएको छ’, बुढाथोकीले भने ।

यस पटक धानको उत्पादन बढ्ने आशा गरेकामा अहिले पाक्ने बेलामा रोगको सङ्क्रमणले उत्पादन घट्ने उनको भनाइ छ । रोगबारे वडा कार्यालय र गाउँपालिका कृषि शाखामा जानकारी गराए पनि रोकथामका लागि प्रयास नभएको उनले गुनासो गरे ।

बुढाथोकीको जस्तै समस्या नेपालगञ्ज–१९ सुइयागाउँका ललवा माहुतको धानखेतीमा पनि देखिएको छ । फल लाग्ने बेलामा परेको भारी वर्षा र हावाहुरीले ढलाएको धानमा अहिले रोगको पनि सङ्क्रमण देखिएको उनको भनाइ छ ।

कृषि ज्ञान केन्द्र बाँके सूचना अधिकारी वरिष्ठ कृषि प्रसार अधिकृत सुजिता शर्माले कतिपय धानखेतमा रोगको सङ्क्रमण भएको सूचना आए पनि क्षतिको विवरण यकिन हुन नसकेको बताए ।

उनले पालिकास्तरबाट रोग सङ्क्रमणको अवस्था र क्षतिका बारेमा सूचना सङ्कलन गर्ने काम भइरहेको जानकारी दिए । बाँकेमा कुल ५४ हजार ५२६ हेक्टर खेतीयोग्य जमिनमध्ये ३३ हजार ५७० हेक्टरमा धान रोपाइँ हुने गरेको छ ।

यो वर्ष ३३ हजार ५०३ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको कृषि ज्ञान केन्द्र बाँकेका सूचना अधिकारी शर्माले बताए ।

प्रकाशित मिति : १९ आश्विन २०८३, सोमबार  १० : ०३ बजे

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई

पोखरा स्कुल बस दुर्घटना : प्राविधिक खराबी र तीव्र गति

कास्की – पोखरा महानगरपालिका–२८ माझठानास्थित ओख्लेमा गत असोज २३ गते

सरकारद्वारा साइबर सुरक्षा एड्भाइजरी जारी

काठमाडौं – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले साइबर सुरक्षा एड्भाइजरी गरेको

भौतिक पूर्वाधार निर्माणका लागि चीनद्वारा उपकरण प्रदान

ताप्लेजुङ – चीन सरकारको अनुदान सहयोगस्वरूप ताप्लेजुङको मेरिङदेन गाउँपालिकालाई स्काभेटर

कुरियरमार्फत ल्याइएको गाँजासहित दुई भारतीय पक्राउ

काठमाडौं – लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले अमेरिकाबाट कुरियरमार्फत ल्याइएको