ओलीको अनुपस्थितिमै फेरि सुरू भयो नेकपाको स्थायी कमिटी बैठक « Khabarhub

ओलीको अनुपस्थितिमै फेरि सुरू भयो नेकपाको स्थायी कमिटी बैठक


१८ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  सरकारले संघीय संसदको अधिवेशन अन्त्यका लागि राष्ट्रपतिलाई सिफारिस गरेपछि रोकिएको नेकपाको स्थायी कमिटी बैठक फेरि सुरू भएको छ ।

झन्डै तीन घन्टा रोकिएर सुरू भएको बैठकमा पनि प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भएका छन् ।

बिहान पनि ओलीको उपस्थिति बिना नै बसेको बैठक ३ घण्टाजति स्थगित हुँदा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका थिए ।

बिहान बैठक स्थगित भएपछि ओलीसँग पनि छलफल गरेका प्रचण्ड राष्ट्रपतिलाई पनि भेट्न शीतल निवास पुगेका थिए ।

उक्त भेटमा उनले पार्टीको एउटा खेमामा नलागी अभिभावकीय भूमिका निर्वाह गर्न आग्रह गरेको बताइएको छ ।

संसद् अधिवेशन अन्त्य गरेर ओलीले अध्यादेश ल्याउन लागेको आशंका बढेको ओलीइतरका नेताहरूले बताएका छन् ।

यसअघि वैशाख पहिलो साता पनि प्रधानमन्त्री ओलीले राजनीतिक दलसम्बन्धी ऐनमा संशोधन गर्न अध्यादेश ल्याएका थिए।  पार्टीभित्र र बाहिर चरम विरोध भएपछि प्रधानमन्त्री ओलीले अध्यादेश फिर्ता लिएका थिए।

अहिलेको कानूनले कुनै पनि दल विभाजन गर्न केन्द्रीय समिति र संसदीय दल दुबैमा ४० प्रतिशत संख्या आवश्यक हुन्छ।

प्रधानमन्त्री ओलीको पक्षमा हाल संसदीय दलमा ४० प्रतिशत सदस्य रहेको तर केन्द्रीय समितिमा ४० प्रतिशत सदस्य पुग्ने अवस्था नरहेको नेकपाकै नेताहरूले बताउने गरेका छन् ।

नेकपाको जारी स्थायी कमिटी बैठकमा बहुसंख्यक सदस्यले प्रधानमन्त्री ओलीको राजीनामा मागेपछि उनी आफ्नो सत्ता टिकाउन आन्तरिक तथा बहुपक्षीय छलफलमा जुट्दै विभिन्न विकल्पहरूको खोजीमा लागि परेको बताइएको छ ।

पार्टीले गर्नसक्ने सम्भावित निर्णयपछि उत्पन्न परिस्थितिको सामना गर्न तथा आफू अनुकूलको निर्णयका लागि सहजीकरण गरिदिन राष्ट्रपति भण्डारीसँग पटकपटक परामर्श गरेका ओलीलाई शीतलनिवासले दर्बिलो साथ दिने आश्वासन दिएको स्रोतले जनाएको छ ।

प्रकाशित मिति : १८ असार २०७७, बिहीबार  ४ : ३१ बजे

भियतनाममा पर्यटक बोकेको डुङ्गा पल्टिँदा १५ जनाको मृत्यु

हनोई- भियतनामको दक्षिणी फु क्वोक टापु नजिक शनिबार पर्यटक बोकेको डुङ्गा

गण्डकीमा पूर्वाधार विकासले गति लिएको छ : मुख्यमन्त्री पाण्डे

गोरखा- गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशमा पूर्वाधार विकासका आयोजना निर्धारित

विपद् प्रतिकार्यसम्बन्धी कार्ययोजना अनुमोदन

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकले विपद् व्यवस्थापनलाई थप

गणेश नेपालीको न्यायको माग गर्दै वीर अस्पतालअघि प्रदर्शन (तस्बिरहरू) 

काठमाडौं- आत्मदाहको प्रयासपछि उपचारका क्रममा निधन भएका गणेश नेपालीको न्यायको माग

ऋण असुलीबाट शिव शिखरका थप ९६ जना पीडितले पाए रकम

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिव शिखर सहकारीका साना बचतकर्ताको