यी हुन ५ सयभन्दा बढी कोरोना संक्रमित देखिएका जिल्ला, कुन प्रदेशमा कति ? « Khabarhub

यी हुन ५ सयभन्दा बढी कोरोना संक्रमित देखिएका जिल्ला, कुन प्रदेशमा कति ?


१८ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– देशभरका ८ वटा जिल्लामा ५ सय भन्दा बढी कोरोना भाइरस संक्रमित देखिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ७७ जिल्ला मध्ये ८ वटा जिल्लामा ५ सय भन्दा बढी संक्रमित भएको जनाकारी दिएको हो ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नियमित लाइभ अपडेट मार्फत  प्रदेश २ का ३ जिल्ला, प्रदेश ५ का ३ जिल्ला, कर्णालीको एक जिल्ला र सुदुरपश्चिम प्रदेशको एक जिल्ला गरी ८ जिल्लामा ५ सय भन्दा बढी कोरोना भाइरस संक्रमित भएको जनाकारी दिएका हुन् ।

५ सय भन्दा बढी संक्रमित हुने जिल्लाहरु

प्रदेश २ : महोत्तरी, रौतहट, सर्लाही
प्रदेश ५ : कपिलवस्तु, पाल्पा, दाङ
कर्णाली प्रदेश : दैलेख
सुदुरपश्चिम प्रदेश : कैलाली

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा गौतमले नेपालमा ७ प्रदेश मध्ये आज सबैभन्दा धेरै सुदूरपश्चिममा कोरोना संक्रमण देखिएको जानकारी दिए ।

डा गौतमका अनुसार सुदूरपश्चिम प्रदेशमा आज मात्र ३२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै प्रदेश नम्बर २ मा ५३, बागमती प्रदेशमा ४७, गण्डकी प्रदेशमा २६ जना, प्रदेश १ मा १३ जना, प्रदेश ५ मा १० जना र कर्णाली प्रदेशमा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै हालसम्म सबैभन्दा धेरै संक्रमित प्रदेश २ मा छन् भने सबैभन्दा कम बागमती प्रदेशमा रहेका छन् ।

कुन प्रदेशमा कति संक्रमित ?

प्रदेश १  : ६३६ जना
प्रदेश २ : ३ हजार ९०९ जना
बागमती प्रदेश : ५०५ जना
गण्डकी प्रदेश : १ हजार ८४ जना
प्रदेश ५ : ३ हजार ८५३ जना
कर्णाली प्रदेश : १ हजार ५१२ जना
सुदुरपश्चिम प्रदेश : ३ हजार २० जना रहेका छन् ।

प्रकाशित मिति : १८ असार २०७७, बिहीबार  ५ : २६ बजे

गृहमन्त्रीमाथि खनिएकी पद्माको आक्रोश, ‘लोकतान्त्रिक मूल्य- मान्यताको खिल्ली उडाए’

काठमाडौं– नेकपा (एमाले) संसदीय दलकी उपनेता पद्माकुमारी अर्यालले रसुवा बाढीबाट

सडक मर्मतपछि माङसेबुङ खण्डमा यातायात सञ्चालनमा सहज

इलाम– वर्षाका कारण क्षति भएको दमक–चिसोपानी सडकको माङसेबुङखण्ड तीनवटा गाउँपालिकाको

लिथुआनियामा नेटोले ड्रोन खसाल्यो

एजेन्सी– रुस–युक्रेन युद्धका क्रममा नेटोको पूर्वी क्षेत्रमा सुरक्षा तनाव बढिरहेका

पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदारमा भायानेट

काठमाडौं– भायानेट कम्युनिकेसन्सले नेपालमा आयोजना हुन लागेको अन्तर्राष्ट्रिय पब्जी मोबाइल

उडान रद्ददेखि ब्यागेज हराउनेसम्म यात्रुको क्षतिपूर्ति कानुनमै सुनिश्चित गरिने

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेलले उडान