कुपोषण रोकथामका लागि २ दातृ संस्थाको २ लाख ५० हजार युरो सहयोग « Khabarhub

कुपोषण रोकथामका लागि २ दातृ संस्थाको २ लाख ५० हजार युरो सहयोग


१८ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – बालबालिकामा हुनसक्ने कुपोषण रोकथामका  लागि युरोपियन युनियन र युनिसेफले २ लाख ५० हजार युरो बराबरको सहयोग गरेका छन् ।

कोभिड-१९ का कारण ग्रामीण महिला स्वास्थ्य स्वयंसेविकाहरूले  शिशु, बालबालिका र आमाहरूको पोषण तथा स्वास्थ्य अवस्था जाँच गर्न नपाएकाले स्वास्थ्य सेवामा  उनीहरूको पहुँच पुर्‍याउने उद्देश्यले उक्त रकम बराबरको सहयोग गरिएको हो ।

हाल सन्चालित ‘पोषणका लागि हातेमालो’ परियोजनालाई युरोपियन युनियनले प्रदान गरेको थप २ लाख ५० हजार युरो बराबरको सहयोगले ‘परिवारले पाखुराको नाप लिने (फ्यामिली मुआक)’ लिनका लागि तथा  आफ्ना बालबालिकाको  स्वास्थ्य अवस्थाको ख्याल गर्न अभिभावकहरूलाई सहयोग पुग्ने २ दातृ संस्थाको  अपेक्षा छ ।

उक्त सहायता रकम ३० वटा जिल्लाका  ३०८ स्थानीय तहका अभिभावकहरूले पाखुरा नाप्ने फित्ताको प्रयोग गरि आफ्ना बालबालिकाको पोषणको अवस्था थाहा पाउन सक्नेछन् ।

कुपोषणको  प्रारम्भिक अवस्थामै प्रभावित बालबालिकाको पहिचान गर्न तथा उनीहरूलाई सबैभन्दा नजिक पर्ने बहिरंग उपचार सेवा केन्द्र एवं पोषण पुनर्स्थापन केन्द्रमा पठाउन सहज बनाइदिनुका साथै यस सहयोगले ग्रामीण महिला स्वास्थ्य स्वयंसेविकाहरू तथा समुदायमा हुन सक्ने जोखिम कम गर्ने युनिसेफ र युरोपेली युनियनले जारी गरेको संयुक्त बिज्ञप्तिमा उल्लेख छ ।

‘विगत १० वर्षदेखि कुपोषणविरुद्ध लड्नको लागि युरोपियन युनियनले नेपाल सरकारलाई गर्दै  आइरहेको सहयोगबाट नतिजा पनि अनुभूत हुने गरि आइरहेको छ । कुपोषण हटाउनका लागि आफू सधै नेपालको साथमा रहने बलियो सन्देश दिन चाहन्छ,’ नेपालका लागि युरोपियन युनियनका राजदुत भेरोनिका कोडीले भने ।

 

यस्तै नेपालका लागि युनिसेफका प्रतिनिधि एल्के विसले २०१६ देखि युरोपियन युनियन र युनिसेफले सबैभन्दा बढी मातृ तथा बाल कुपोषण व्याप्त रहेका ३० जिल्लाहरूमा संचालित बहु-क्षेत्रीय पोषण योजनालाई विस्तार गर्नका लागि नेपाल सरकारलाई सहयोग गर्दै आइरहेको जानकारी दिए ।

वितेको एक दशकमा बाल पोषणको क्षेत्रमा हासिल भएका उपलब्धिहरू पनि कोभिड-१९ का कारण उल्टिने अवस्था आएकाले आर्थिक सहयोग बृद्धि गरेको उनले बताए ।

२ दातृ संस्थाले पोषण केन्द्रित कार्यक्रमहरू अन्तर्गत मुख्य रूपमा कुपोषण प्रभावित बालबालिकाको उपचार, स्तनपानको संरक्षण , प्रवर्दन र  सहायता तथा  भिटामिन ए र अन्य सुक्ष्म पोषक तत्वहरू खुवाउने लगायतका काममा सहयोग गर्दै आएका छन् ।

 

प्रकाशित मिति : १८ असार २०७७, बिहीबार  ५ : ४६ बजे

भियतनाममा पर्यटक बोकेको डुङ्गा पल्टिँदा १५ जनाको मृत्यु

हनोई- भियतनामको दक्षिणी फु क्वोक टापु नजिक शनिबार पर्यटक बोकेको डुङ्गा

गण्डकीमा पूर्वाधार विकासले गति लिएको छ : मुख्यमन्त्री पाण्डे

गोरखा- गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशमा पूर्वाधार विकासका आयोजना निर्धारित

विपद् प्रतिकार्यसम्बन्धी कार्ययोजना अनुमोदन

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकले विपद् व्यवस्थापनलाई थप

गणेश नेपालीको न्यायको माग गर्दै वीर अस्पतालअघि प्रदर्शन (तस्बिरहरू) 

काठमाडौं- आत्मदाहको प्रयासपछि उपचारका क्रममा निधन भएका गणेश नेपालीको न्यायको माग

ऋण असुलीबाट शिव शिखरका थप ९६ जना पीडितले पाए रकम

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिव शिखर सहकारीका साना बचतकर्ताको