कोरोनाको पारदर्शीतामा सी चीनफिङको खोक्रो प्रतिबद्धता : माइक पोम्पेओ « Khabarhub

कोरोनाको पारदर्शीतामा सी चीनफिङको खोक्रो प्रतिबद्धता : माइक पोम्पेओ


१८ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले चिनियाँहरुले आफ्नो प्रतिबद्धतालाई पूरा नगरेको भन्दै आलोचना गरेका छन् ।

चीन-अफ्रिका सम्मेलनमा चीनले कोरोना भाइरसको संक्रमणलाई नियन्त्रणमा लिएको विषयलाई पारदर्शी ढंगले बताउने प्रतिबद्धता गरे पनि सो विषयमा असफल भएको विदेशमन्त्री पोम्पेओले बताएका हुन् ।

उनले चीनबाट शुरु भएको कोरोना भाइरसबाट विश्वमा चार लाख मानिसहरुको मृत्यु भइसकेको उल्लेख गर्दै राष्ट्रपति सी जिनपिङ आफ्नै प्रतिबद्धतामा असफल भएकोभन्दै आलोचना गरेका हुन् ।

उनले राष्ट्रपति सी चीनफिङ र चिनियाँ कम्युनिस्ट पार्टीले मानिसको जीवनलाई प्राथमिकतामा नराखेको उल्लेख गर्दै कोरोनासम्बन्धीको वास्तविकतालाई चीनले लुकाएको आरोपसमेत लगाएका छन् ।

उनले भने, “गत साताको चीन-अफ्रिका सम्मेलनमा हामीले खोक्रो प्रतिबद्धताहरु मात्रै सुन्यौं । राष्ट्रपति सीले सधैं आफूले मानिसको जीवनलाई अग्रपंक्तिमा राखेर काम गरिरहेको बताएका थिए । तर, उनी वास्तविक पारदर्शीता र जीम्मेवारी लिन चुकेका छन् ।”

उनले मानिसको जीवन प्राथमिकतामा राख्‍ने बताए पनि विश्वमा लाखौं मानिसहरुको मृत्यु भइसक्दा पनि घातक कोरोना भाइरसको वास्तविकताका बारेमा नखलाएको राष्ट्रपति सीप्रति आक्रोश व्यक्त गरेका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वभर कोरोना भाइरस फैलाएको जिम्मा चीनले लिनुपर्ने बताउँदै आएका छन् । विदेशमन्त्री पोम्पेओले पनि यसलाई ‘चिनियाँ भाइरस’ को संज्ञा दिएका छन् ।

पोम्पेओले अमेरिका कोरोनाको चुनौती सामना गर्नका लागि अफ्रिकासँगै उभिने र जनस्वास्थ्यका क्षेत्रमा एक सय बिलियन अमेरिकी डलर सहयोग गरेकोसमेत बताएका छन् ।

प्रकाशित मिति : १८ असार २०७७, बिहीबार  ५ : १० बजे

संसद्को चालु अधिवेशन मध्यरातिबाट अन्त्य

काठमाडौं- प्रतिनिधि सभाको चालु पहिलो संसद् अधिवेशन शुक्रबार मध्यराति १२

युनिटी लाइफका सञ्चालकसहित सजाय तोकिएपछि फरार दुईजना पक्राउ

काठमाडौं- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले राजश्व चुहावट

अमेरिका–इरान वार्ता अन्योलमा

इस्लामावाद- अमेरिका र इरानबीच पाकिस्तानमा हुने भनिएको उच्चस्तरीय वार्ता सुरु

२५ वर्षीया जेन-जी रुबीकुमारी बनिन् ‘कान्छी’ उपसभामुख

काठमाडौं– धनुषाकी २६ वर्षीया रुबीकुमारी ठाकुर प्रतिनिधि सभाको उपसभामुखमा विजयी