रसुवागढी नाका सञ्चालनको तयारी, सामान ल्याउन ‘गोलाप्रथा’ « Khabarhub

रसुवागढी नाका सञ्चालनको तयारी, सामान ल्याउन ‘गोलाप्रथा’


१८ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चीनमा कोरोना भाइरसको महामारी फैलिएपछि बन्द भएको रसुवाढी नाका सञ्चालनको तयारी थालिएको छ।

आयात-निर्यात बन्द भएको ६ महिनापछि नाका एकतर्फी रुपमा सञ्चालनको तयारी गरिएको छ ।  आयात मात्र गर्न पाइने गरी सञ्चालनमा आउन लागेको नाकामा धेरै कन्टेनर रोकिएका छन्।

रोकिएको सामान पहिला कस्को ल्याउने भनेर गोलाप्रथा गरिएको भन्सार प्रमुख पूण्यप्रसाद खड्काले बताए।

हाल चीनतर्फको भन्सार बिन्दुमा भन्सार जाँच पास गराउने झण्डै १४ एजेन्ट छन्। एकैदिन सबै सामान ल्याउन असम्भव भएपछि गोलाप्रथा गरेर पालैपालो सामान ल्याउन लागिएको खड्काले बताए।

उनले भने, “दिनमा चारवटा मात्र ट्रक आउन पाउँछन्। त्यसरी, ल्याउँदा सबै एजेन्टको सामान एकै दिन ल्याउन सकिँदैन। त्यसैले गोलाप्रथा गरिएको हो।”

गोलाप्रथाबाट पहिलो नम्बरमा परेको एजेन्टको सामान १९ गते जाँचपास भएमा २० गतेदेखि सामान नेपाल आउन थाल्ने रसुवागढी भन्सारले बताएको छ।

प्रकाशित मिति : १८ असार २०७७, बिहीबार  ९ : ४२ बजे

बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजनाको मृत्यु, एकजना गम्भीर घाइते

बागलुङ– बागलुङमा बाटो स्तरोन्नति गर्ने क्रममा माटोको ढिस्कोले पुरिएर दुईजना

मौसम खुलेपछि अन्नपूर्ण आधार शिविरमा पर्यटक भरिभराउ

कास्की– विश्वप्रसिद्ध अन्नपूर्ण आधार शिविर (एबीसी) पदयात्रामा जाने पर्यटकको सङ्ख्या

गगनले अघि सारे ‘राष्ट्रिय पुनर्जागरण र समुन्नतिको आगामी दशक’को दृष्टिकोण

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देश, लोकतन्त्र र कांग्रेसको

विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम

चितवन– अण्डाको पोषण तथा स्वास्थ्यसम्बन्धी महत्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले

यूईएफए नेसन्स लिग : नर्वेमाथि पोचुगलको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा पोर्चुगलले नर्वेलाई हराएको छ । गएराति