रसुवागढी नाका सञ्चालनको तयारी, सामान ल्याउन ‘गोलाप्रथा’ « Khabarhub

रसुवागढी नाका सञ्चालनको तयारी, सामान ल्याउन ‘गोलाप्रथा’


१८ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चीनमा कोरोना भाइरसको महामारी फैलिएपछि बन्द भएको रसुवाढी नाका सञ्चालनको तयारी थालिएको छ।

आयात-निर्यात बन्द भएको ६ महिनापछि नाका एकतर्फी रुपमा सञ्चालनको तयारी गरिएको छ ।  आयात मात्र गर्न पाइने गरी सञ्चालनमा आउन लागेको नाकामा धेरै कन्टेनर रोकिएका छन्।

रोकिएको सामान पहिला कस्को ल्याउने भनेर गोलाप्रथा गरिएको भन्सार प्रमुख पूण्यप्रसाद खड्काले बताए।

हाल चीनतर्फको भन्सार बिन्दुमा भन्सार जाँच पास गराउने झण्डै १४ एजेन्ट छन्। एकैदिन सबै सामान ल्याउन असम्भव भएपछि गोलाप्रथा गरेर पालैपालो सामान ल्याउन लागिएको खड्काले बताए।

उनले भने, “दिनमा चारवटा मात्र ट्रक आउन पाउँछन्। त्यसरी, ल्याउँदा सबै एजेन्टको सामान एकै दिन ल्याउन सकिँदैन। त्यसैले गोलाप्रथा गरिएको हो।”

गोलाप्रथाबाट पहिलो नम्बरमा परेको एजेन्टको सामान १९ गते जाँचपास भएमा २० गतेदेखि सामान नेपाल आउन थाल्ने रसुवागढी भन्सारले बताएको छ।

प्रकाशित मिति : १८ असार २०७७, बिहीबार  ९ : ४२ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु