धानको उत्पादन बढ्ने आकलन « Khabarhub

धानको उत्पादन बढ्ने आकलन


१८ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके – धान रोपाइँ समयमै भएकाले बाँकेमा यस वर्ष प्रतिहेक्टर चार मेट्रिक टनका दरले एक करोड ४४ लाख क्विन्टल धान उत्पादन हुने आकलन गरिएको छ ।

कृषि ज्ञान केन्द्र बाँकेका अनुसार जिल्लामा यस वर्ष करिव ३६ हजार हेक्टरमा धानखेती गरिएको छ । रोपाइँ सकिएपछि पानी लगातार परेकाले धान सप्रने अपेक्षा केन्द्रले गरेको छ ।

यहाँ उत्पादन भएको आधा धान चामलमा परिणत गरी कर्णालीलगायत विभिन्न जिल्लामा निर्यात हुँदै आएको केन्द्रका बाली विकास अधिकृत शकिल अहमदले बताए ।

बाँके धानबालीमा अत्मानिर्भर भएको जिल्ला हो । जिल्लाका अधिकांश किसानका लागि  धानबाली मुख्य आर्थिक स्रोतका रूपमा रहेको छ । यस वर्ष खेतमा हरियो धान लहलह भएको देख्दा किसानमा पनि बाली सप्रने आशा पलाएको छ ।

धानको उत्पादन वृद्धि गर्नका लागि जिल्लामा धान ब्लक, धान पकेट तथा स्मार्ट कृषि गाउँ कार्यक्रम पनि लागू भएको छ । यस कार्यक्रमले पनि धानको उत्पादनमा वृद्धि हुँदै गएको उनको भनाइ छ ।

किसानले  ज्ञान केन्द्रबाट सिफारिस गरिएका राधा–४, जानकी, मन्सुली, हल्दीराम र केही स्थानीय जातका धान लगाएका छन् । जिल्लामा यस वर्षदेखि सिँचाइ सुविधा उपलब्ध भएका कारण पनि धानको राम्रो उत्पादन हुने अपेक्षा गरिएको हो ।

सिक्टा सिँचाइ आयोजनाले यहाँका ४० प्रतिशत क्षेत्रफलमा बाह्रै महिना सिँचाइ सुविधा पुर्‍याएको छ । विगत वर्षमा आकाशेपानीको भरमा धानखेती हुँदै आएकामा आयोजनाले नहरमा पानी छाडेपछि  नेपालगञ्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, राप्तीसोनारी, बैजनाथ र जानकी गाउँपालिकाको धानखेत हराभरा भएका छन् भने किसान पनि खुशी देखिएका छन् ।

किसानद्वारा उत्पादित धान खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले खरिद गर्ने गरेको छ ।

सरकारले निर्धारण गरेको समर्थन मूल्यमा कम्पनीले आवश्यकताका आधारमा धान खरिद गर्ने गरेको भरतराज खनियाँले जानकारी दिए । उनका अनुसार कम्पनीले गत वर्ष खरिद गरेको धान कुटाएर चामल बनाई विभिन्न जिल्लामा निकाशा गरिसकेको छ ।

 

प्रकाशित मिति : १८ श्रावण २०७७, आइतबार  ७ : ४० बजे

कृषि तथा वन विज्ञान विश्वविद्यालय : अध्ययन बिदा छानबिन गर्न समिति गठन

चितवन– कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरका शिक्षक तथा कर्मचारीले

अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज

कास्की– कास्कीको अन्नपूर्ण गाउँपालिकाले विश्वप्रसिद्ध अन्नपूर्ण आधार शिविर (एबीसी) बाट

खोलामा पुल बन्यो, जाने बाटो छैन

दार्चुला– दार्चुलाको मालिकार्जुन गाउँपालिका–४ हुनैनाथस्थित ओजिगाड खोलामा झोलुङ्गे पुल प्रयोगविहीन

एसियन गेम्स : बंगलादेशलाई पराजित गर्दै पाकिस्तान फाइनलमा

काठमाडाैँ – पाकिस्तान एसियन गेम्स अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा

स्पष्ट कार्ययोजनासहित काम गर्न गेटा विश्वविद्यालय प्रशासनलाई आग्रह

सुदूरपश्चिम– प्रतिनिधिसभा सदस्य डा. आनन्दबहादुर चन्दले सहिद दशरथ चन्द स्वास्थ्य