रोल्पामा कुटेर एक युवाको हत्या, १४ जना पक्राउ « Khabarhub

रोल्पामा कुटेर एक युवाको हत्या, १४ जना पक्राउ


१८ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रोल्पा – रोल्पाको रुन्टिगढी गाउँपालिका–६ सालबाङमा कुटपिटबाट एक युवकको हत्या भएको छ ।

हत्या अभियोगमा १४ युवालाई जिल्ला प्रहरी कार्यालय रोल्पाले पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय युवा भीमबहादुर बस्नेत, झुपलाल बुढा, प्रेमबहादुर बुढाथोकी, चेतलाल साहु, चन्द्रलाल रोका, दिलबहादुर रोका, टोपेन्द्र साहु, धनसिंह बुढाथोकी, कमल बस्नेत, प्रकाश बुढा, ठगेन्द्र बुढा, प्रेम बुढा, तिलबहादुर चलाउने र हीराबहादुर बुढाथोकी रहेका छन् ।

सोही ठाउँका २४ वर्षीय ईश्वर बस्नेतले छिमेकी गाउँका टेकबहादुर बुढालाई गोठबाट घर फर्कँदै गर्दा शनिबार राति लुटेको आरोपमा कुटपिट गर्दा उनको मुत्यु भएको कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक चित्रबहादुर गुरुङले जानकारी दिए ।

आरोपित बस्नेतले पाँच हजार रूपैयाँ र घडी लुटेको भन्दै कुटपिट भएको बताइएको छ । इलाका प्रहरी कार्यालय होलेरीका अनुसार बस्नेतलाई उपचारका लागि अस्पताल लैजादै गर्दा शनिबार मृत्यु भएको थियो । घटनाकाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । – रासस ।

प्रकाशित मिति : १८ श्रावण २०७७, आइतबार  ८ : २८ बजे

रातारात पार्टी फेरेर उम्मेदवार बनेका हुसेन टिकट खोसिएपछि भन्छन्- सक्नेले साथ दिन्छन् नसक्नेले पाठ

काठमाडौं– नेकपा एमालेले नेपाली कांग्रेसबाट एमालेमा प्रवेश गरेका डा. अबुल

धुनियाको व्यापार धरापमा, माघमा पनि माग घट्यो

विराटनगर– माघ महिना लागिसक्दा पनि सिरक र डस्ना बनाउने ‘अर्डर’

ग्रिनल्यान्डबारे ट्रम्पको धम्की– ‘अब फर्किने बाटो छैन’

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्यान्डलाई आफ्नो नियन्त्रणमा लिने

सतचालिस प्रहरीलाई ट्राफिक नियन्त्रण तालिम

काठमाडौं– रामशाहपथस्थित उपत्यका ट्राफिक प्रहरी कार्यालयले ४७ जना प्रहरीलाई ट्राफिक