बारामा आजदेखि अनिश्चितकालीन निषेधाज्ञा | Khabarhub Khabarhub

बारामा आजदेखि अनिश्चितकालीन निषेधाज्ञा


१८ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बारा – बारामा आज बिहान ५ बजेदेखि पुनः निषेधाज्ञा जारी गरिएको छ ।

छिमेकी जिल्ला पर्साको वीरगञ्जमा जनप्रतिनिधी, सांसद लगायत समुदायस्तरमा नै कोरोना भाईरसको संक्रमण फैलिएसंगै बारामा पनि संक्रमित बढेका छन् ।

संक्रमणले भयावह रूप लिन सक्ने भन्दै जिल्ला सुरक्षा समितिको शुक्रबार बसेको बैठकले आज बिहानदेखि अर्को सूचना नभइन्जेलसम्मका लागि निषेधाज्ञा जारी गरेको हो ।

अत्यावश्यक काम बाहेक कोही पनि नागरिक भेला हुन तथा घर बाहिर निस्कन नहुने, पर्सा तथा बारा जिल्ला जोड्ने हुलाकी लोकमार्गमा पर्ने सबै स्थानीय तह, कलैया बजार क्षेत्र, पथलैया-बीरगञ्ज औद्योगिक कोरिडोरमा पर्ने जीतपुर, सिमरा, पथलैया, परवानीपुर, नितनपुर, निजगढ, कोल्हवी, सिम्रौनगढ, वरियारपुर लगायत अत्याधिक भिडभाड हुने तथा हाट बजार लाग्ने ग्रामीण क्षेत्रहरु अर्को निर्देशन जारी नभए सम्म पूर्ण रुपमा बन्द गर्ने निर्णय भएको छ ।

प्रकाशित मिति : १८ श्रावण २०७७, आइतबार  ९ : १५ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र