एक सातादेखि कर्णाली राजमार्ग अवरुद्ध « Khabarhub

एक सातादेखि कर्णाली राजमार्ग अवरुद्ध


१८ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कर्णाली – अविरल वर्षाका कारण एक सातादेखि कर्णाली राजमार्ग अवरुद्ध भएको छ ।

कालीकोट सडकखण्डको दहीखोला, कालेखोला, जितेगाड, हुल्म, मोल्फा, पिली, सेराबाडा, चौखोला, टाकुल्ला, बालीगाड, भैँसीगौडा, टिमुरेभीड, खल्लागाड, धनडा, राँचुली भिग्मलगायतका दर्जनौँ स्थानमा पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको हो ।

कतै खोला बढेर गाडी पार गर्न गाह्रो त कतै पहिरोले सडक अवरुद्ध भएपछि यातायात सञ्चालन हुन नसकेको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख प्रहरी नायब उपरीक्षक श्याम ओलियाले जानकारी दिए ।

‘कालेखोला, दही खोलालगायतका स्थानमा डोजर लगाएर सडक खोलिसकेको छ’, ओलियाले भने, ‘आज पिली सडकको पहिरो हटाउने काम भइरहको छ, भोलिसम्म सडक खुल्छ होला ।’

बाढीपहिरोले सडक बन्द भएपछि पाँच दिन लगाएर पनि भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेशले बोलाएको समीक्षामा सहभागी हुन नसकिएको जिल्ला कृषि विकास तथा पशुसेवा कार्यालय जुम्लाका कार्यालय प्रमुखद्वय बालकराम देवकोटा र गोविन्द महतले जानकारी दिए ।

‘मन्त्रालयले कर्णालीका १० जिल्लाका कृषि तथा पशु कार्यालयका प्रमुखलाई यही साउन १५–१७ गतेसम्मको वार्षिक प्रगति समीक्षामा बोलाएको थिय’, कृषि विकास कार्यालयका प्रमुख देवकोटाले भने, ‘साउन १३ गते हिँड्दा १७ गतेसम्म कालीकोट सडकखण्डमा आएको बाढी र पहिरोको अवरोधमा परियो ।’

भेटेरेनरी तथा पशु सेवा कार्यालय जुम्लाका प्रमुख गोविन्द महतले समीक्षा सहभागी हुनेभन्दा जीवन जोगाएर बल्लतल्ल घर फर्कन सफल भएको सुनाए ।

जिल्ला वन कार्यालय मुगु तथा जुम्लाका जिल्ला वन अधिकृतद्वय भरत बुढ्थापा र दिनेश खत्रीले जीवनमा पहिलोपटक चार दिन लगाएर कष्टकर यात्रा गर्नुपरेको दुःखेसो गरे । राजमार्गको स्तरवृद्धि नगरे एवं पुल निर्माणमा तदरुकता नदिएसम्म यहाँका नागरिकले वर्षेनी यही समस्या भोग्नुपर्ने उनीहरूको भनाइ छ ।

खाँडाचक्र नगरपालिका–६ कालीकोटका तरकारी व्यवसायी ठम्मप्रसाद आचार्यले तीनै तहका सरकारले सडक स्तरनोतिमा ध्यान नदिँदा स्थानीय व्यवसायी तथा यात्रुले पटक–पटक दुःख भोग्नुपरेको गुनासो गरे ।

प्रकाशित मिति : १८ श्रावण २०७७, आइतबार  ९ : ४९ बजे

यूक्रेन–अमेरिका वार्ता : शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित

एजेन्सी– यूक्रेन र संयुक्त राज्य अमेरिकाका अधिकारीहरूले शनिबार मियामीमा लगातार

कुलमान घिसिङको उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य श्रेष्ठले दिइन् राजीनामा

काठमाडौं– ऊर्जामन्त्री कुलमान घिसिङको उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य विद्या

नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता हो : राष्ट्रपति

पाटन– राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वाधार निर्माणमात्र नभइ नागरिकको जीवनस्तरमा सुधार

विराटनगरलाई सुदूरपश्चिमले दियो १४८ रनको लक्ष्य

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत शनिबारको पहिलो खेलमा विराटनगर

ललितपुर महानगरको नयाँ प्रशासनिक भवनको उद्‌घाटन

काठमाडौं– ललितपुर महानगरपालिकाको नयाँ प्रशासनिक भवन राष्ट्रपति रामचन्द्र पौडेलले आज