सपनाको ‘महानायक’ भन्दै भुवनलाई निरुताको समर्थन « Khabarhub

सपनाको ‘महानायक’ भन्दै भुवनलाई निरुताको समर्थन


१८ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अभिनेता भुवन केसी केही समययता विवादमा तानिएका छन् । नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले उनीमाथि दुर्व्यवहार गरेको आरोप लगाएपछि उनी विवादमा तानिएका छन् ।

भुवनले साम्राज्ञीविरुद्ध अदालतमा १० करोड मागदाबी गर्दै मुद्दा दर्ता गराएका छन् । साम्राज्ञीले पनि भुवनविरुद्ध उजुरी हाल्ने तयारी थालेकी छिन् ।

भुवन र साम्राज्ञी दुवैले मिडियामा अन्तर्वार्ता दिएर आ–आफ्ना दाबी गरिरहेका छन् । भुवनले अन्तर्वार्तामा साम्राज्ञीलाई आफूले दुर्व्यवहार नगरेको दाबी गर्दै आएका छन् ।

यता साम्राज्ञीले पनि एकपछि अर्को गर्दै भुवनले दुर्व्यवहार गरेका थप किस्सा सार्वजनिक गर्दै गएकी छिन् । साम्राज्ञीले हालै भुवनले फिल्म ड्रिम्सका बेला भद्दा जोक्स सुनाएको बताएकी छिन् ।

यसैबीच मुम्बईमा बस्दै आएकी अभिनेत्री निरुता सिंहले सामाजिक सञ्जालमार्फत भुवन केसीको तारिफ गरेकी छिन् । उनले भुवनलाई ‘रियल हिरो’ भएको पनि बताएकी छिन् ।

‘दार्जिलिङमा हामीले नेपाली चलचित्रको नायक अनि नायिका भनेर चिनेको नै श्रद्धेय दाइ भुवन केसी र श्रद्धेय दिदी तृप्ति नाडकर दिदी हो,’ निरुता भन्छिन्, ‘त्यो बेला मैले सपनामा पनि सोचेकी थिइनँ कि, मेरो पहिलो चलचित्रमा नै मेरो सपनाको महानायकसँग काम गर्ने मौका पाउँछु भनेर ।’

उनले फिल्म शूटिङका बेला भुवनले नयाँ कलाकारलाई गरेको सहयोगको प्रसङ्ग पनि जोडेकी छिन् । ‘म नयाँ कलाकारलाई जुन तरिकाले सहयोग गर्नुभयो, त्यो देखेर त म झनै उहाँको फ्यान भएँ,’ निरुता भन्छिन् ।

निरुताले भुवनसँग काम गर्न पाउँदा आफूलाई भाग्यमानी ठानेको बताएकी छिन् ।

निरुता सिंह पछिल्लो समय भुवनको फिल्म ‘क्याप्टेन’ को एक गीतमा देखिएकी थिइन् । जुन फिल्ममा अनमोल केसी र उपासना सिंह ठकुरीको शीर्ष भूमिका थियो ।

निरुताको यो अभिव्यक्तिपछि कतिपयले भने भुवनको आग्रहमा निरुताले उक्त स्टाटस लेखेको हुनसक्ने अड्कल काटेका छन् ।

केही समयदेखि भुवन र साम्राज्ञीबीच आरोप–प्रत्यारोप जारी छ । सामाजिक सञ्जालबाट शुरु भएको यो लडाइँ अब अदालतसम्म पुगेको छ ।

प्रकाशित मिति : १८ श्रावण २०७७, आइतबार  ११ : ०७ बजे

आईपीएलमा दिल्ली क्यापिटल्सको विजयी सुरुवात : लखनउ ६ विकेटले पराजित

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ मा दिल्ली क्यापिटल्सले

एसईई परीक्षा सुरु (तस्बिरहरू)

काठमाडौँ– यस वर्षको एसईई आजदेखि सुरु भएको छ । परीक्षा

इन्डोनेसियामा ७.४ म्याग्निच्युडको भूकम्प

इन्डोनेसिया – इन्डोनेसियामा शक्तिशाली भूकम्प गएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका

बालाजुको बाइसधारा मेला (तस्बिरहरू)

काठमाडौँ– चैत शूक्ल पूर्णिमा दिन आज ऐतिहासिक महत्व बोकेको काठमाडौँको

सिर्जनाको शरीरमा कसले लगायो आगो ? प्रहरीले अझै फेला पारेन सुराग

काठमाडौँ- चैत १४ गते शनिबार राति करिब १२ बजेतिर नेपालगञ्ज–१२