सुशान्तका अफिस ब्यायले लगाए आरोप – टुनामुना गर्थिन् रिया « Khabarhub

सुशान्तका अफिस ब्यायले लगाए आरोप – टुनामुना गर्थिन् रिया


१८ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली – सुशान्त सिंह राजपूतको आत्महत्याको गुत्थी सुल्झिने नाम लिएको छैन । बरु यो मुद्दामा एकपछि अर्को गर्दै खुलासा भइरहेका छन् ।

सुशान्तका पिताले रिया चर्कवर्तीका विरुद्ध प्रहरीमा उजुरी दिएका छन् । मुम्बई प्रहरीसँगै अब बिहार प्रहरी पनि सुशान्तको आत्महत्याको कारण पत्ता लगाउने प्रयास गरिरहेको छ ।

सुशान्तका अफिस ब्यायले हालै प्रहरीलाई बयान दिएको र अपत्यारिलो खुलासा गरेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

ती अफिस ब्यायले आफूले सन् २०१९ को जनवरीदेखि २०२० सम्म सुशान्तसँग काम गरेका थिए । उनले रियाले निकाल्न भनेर आफूलाई निकालिएको बताएका छन् ।

ती अफिस ब्यायले सुशान्तले आत्महत्या गर्न नसक्ने बताएका छन् । रिया आएपछि कर्मचारीलाई पनि राम्रो तलब नदिएको, काम गर्ने समय बढाएको र सुशान्तलाई पनि कर्मचारीलाई जस्तो व्यवहार गरेको उनले बताएका छन् ।

उनका अनुसार रियाले कर्मचारीसँग आफ्नो व्यक्तिगत काम पनि गराउने गरेकी थिइन् । कर्मचारीले उनको कुरा नसुने झगडा गर्ने गर्थिन् ।

राम नामका ती अफिस ब्यायले रिया आउनुभन्दा पहिले सुशान्त खुशी रहेको पनि बताएका छन् । रिया आएपछि सुशान्तमा परिवर्तन आएको थियो ।

रामले रियाले जादु टुना पनि गर्ने गरेको दाबीसमेत गरेका छन् ।

रियाले हालै एक भिडियो सार्वजनिक गरेकी थिइन् । उक्त भिडियोमा उनले कानूनमा भरोसा गरेर र सत्यले जित्ने बताएकी थिइन् । त्यसपछि उनको फोन स्वीच अफ गरिएको छ । र, प्रहरीले ट्रेस गर्न सकिरहेको छैन ।

प्रकाशित मिति : १८ श्रावण २०७७, आइतबार  ११ : ५३ बजे

मन्त्री लम्सालको छाउनीस्थित वीरेन्द्र अस्पतालमा उपचार हुँदै

काठमाडौं – स्वास्थ्यमा समस्या देखिएपछि पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई धनगढीबाट

घटबढ भएन पेट्रोलियम पदार्थको मूल्य, पाक्षिक घाटामात्रै ८१ करोड ३५ लाख

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको

भोलिदेखि ग्यासको बिक्री–वितरण नियमित प्रक्रियाबाटै

काठमाडौं । नेपाल आयल निगमले भोलिदेखि सम्बन्धित उद्योगले नियुक्त गरेका

देउवाको स्वागतमा प्रयोग भएका गाडी र मोटरसाइकललाई ट्राफिकको कारबाही

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा काठमाडौं फर्किँदा स्वागतमा

विजयपुर खोलाले बगाएका दुई बालक अझै बेपत्ता

कास्की – पोखराको विजयपुर खोला तर्ने क्रममा शनिबार दिउँसो बगेर