२३ नेपाली कतारको जेलमा, तीन महिनामा के के गर्यो नेपाली दूतावासले ? « Khabarhub

२३ नेपाली कतारको जेलमा, तीन महिनामा के के गर्यो नेपाली दूतावासले ?


१८ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा : विभिन्न आपराधिक घटना संलग्न २३ नेपाली कतारको सेन्ट्रल जेलमा छन् । कानूनी कारबाहीको सिलसिलमा अदालती प्रक्रिया पूरा गरी सजाय भुक्तानीका लागि उनीहरु जेलमा रहेको कतारस्थित नेपाली दूतावासले जनाएको छ ।

२०७७ बैशाखदेखि असार मसान्तसम्मको कार्य सम्पादनको विवरण सार्वजनिक गर्दै दूतावासले कतारको आपराधिक सूचना विभाग ५५ जना नेपालीहरु नेपाल फर्कने क्रममा रहेका जनाएको छ ।

दूतावासले दिएको जानकारी अनुसार २४ वटा एमआरपी लाइभ नामांकन, २९ वाट एमआरपीको लागि म्यानुअल फारम संकलन भएको तथा १५ एमआरपी वितरण गरिएको जनाएको छ ।

दूतावासका अनुसार ८४ जनालाई एक तर्फि यात्रा अनुमति पत्र दिएको जनाएको छ । यस्तै २४ विवाह दर्ता जन्म दर्ता नाता प्रमाणित गरेको छ । ८ जनाको प्रहरी चारित्रिक प्रमाणपत्र, ११ सवारी चालक अनुमतिपत्र प्रमाणीकारण तथा २४ जनालाई कम्पनी परिवर्तन गर्न पीसीसी जारी गरिएको दूतावासले जनाएको छ ।

मृतकहरु मध्ये ४९ शव नेपाल पठाईएको जनाएको छ भने २२ शव परिवारबाट सहमति लिई कतारमै अन्त्येष्टि गरिएको जनाएको छ । यस्तै कतारको लङ्ग टर्म केयर हस्पिटलमा ५ जना बिरामीहरु रहेको जनाएको छ ।

गुनासो व्यवस्थापन तथा सहजीकरण

कोभिड १९ को कारण समस्यामा परेका २ हजार ३१ जनालाई खाना बस्न तथा तलबसम्बन्धी समस्या भएको जनाएको छ । १ हजार ६७ जनाको रोजगारी समाप्त भएको वा कटौती भएको दूतावासले जनाएको छ ।

रोजगारी समाप्त भई २,६१९ जनालाई खाना बस्न समस्या भएको जनाएको छ । कोभिड १९ जन्य समस्या ८५१, नेपाल फर्कने सम्बन्धी ९ हजार २९१ जना तथा अन्य विषयहरुमा १०४ जनाको गुनासो व्यवस्थापन तथा सहजिकरण गरिएको जनाएको छ ।

कोभिड-१९ को कारण खानाको समस्यामा परेका श्रमिकहरुलाई नेपाली दूतावासको तर्फबाट ९०० थान र दूतावासको समेत सहकार्यमा गैह्रआवासीय नेपाली संघ कतारद्वारा ५ हजार ९१७ जनालाई खाद्यसामग्री वितरण गरिएको जनाएको छ ।

नेपाल जान जारी फर्म सम्बन्धी विवरण

जेठ २२ देखि असार मसान्तसम्म नेपाल जान दूतावासबाट जारी भएको फर्म भर्नेको संख्या १० हजार ५८० रहेको छ भने कम्पनीबाट नेपाल फर्काउन पठाएको संख्या २ हजार ६७५ जना गरी नेपाल फर्कन चहाने नेपालीको संख्या १३ हजार २५५ दूतावासले जनाएको छ ।

असार ६ देखि असार मसान्तसम्म भएको चार्टर उडानमार्फत कतारबाट नेपाल, हिमालय एयरलाइन्स र कतार एयरवेज गरी १७ उडान मार्फत कतारको डिपोर्टेसन सेन्टरमा रहेका ३४४ जनासहित २ हजार ५५७ जनालाई नेपाल पठाईएको दूतावासले जनाएको छ ।

आर्थिक प्रशासन शाखा सम्बन्धी

वैशाखदेखि असार मसान्तसम्म राहदानीबाट ८ हजार ४२७ कतारी रियाल तथा अन्यबाट ९ हजार ११५ गरी जम्मा १७ हजार ५४२ कतारी रियाल राजश्व संकलन भएको जनाएको छ ।

यस्तै कतारमा विभिन्न कारणले मृत्यु भएको नेपाली कामदारले पाउने क्षतीपूर्ती रकम (बीमा र अन्य) २८ लाख ५८ हजार ३९६।४८ नेपाली रुपैया कन्सुलर सेवा विभागमा पठाएको दूतावासले जनाएको छ ।

कतारमा रहेको नेपाली नागरिकहरु विभिन्न समयमा विविध कारणले घाइते वा मृत्यु भई नियमानुसार प्राप्त भएको रकम सम्बन्धित कानूनी हकदारका नाममा पठाउने गरिएको ।

रकमको मात्रा थोरै भएमा मृतकको शवसँगै जाने मृतकले काम गर्ने कम्पनीले खटाएको व्यक्तिका साथमा पनि पठाउने गरिएको दूतावासले जनाएको छ ।

प्रकाशित मिति : १८ श्रावण २०७७, आइतबार  १२ : ५७ बजे

भारी वर्षाले काठमाडौं जलमग्न (तस्बिरहरू)

काठमाडौं– भारी वर्षाको कारण काठमाडौं महानगरपालिका १० सहभागिता मार्ग क्षेत्र

फुटको दिशामा कांग्रेस : साउनभित्रै काठमाडौंमा राष्ट्रिय भेला गर्ने इतरको निर्णय 

काठमाडौं– नेपाली कांग्रेसको इतर समूहले साउनभित्रै काठमाडौंमा राष्ट्रिय भेला आयोजना

माधव नेपाल बिरामी, प्रचण्ड र गगनको भेटवार्ता पनि रोकियो

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टीका सह-संयोजक माधवकुमार नेपाल बिरामी भएका छन्

विश्वकप फाइनल : दुई महादेशीय च्याम्पियनको भिडन्त

काठमाडौं – युरोप महादेशको वर्तमान च्याम्पियन र दक्षिण अमेरिकी महादेशको

एम्बाप्पेका कारण दबाबमा मेसी, फाइनलमा गर्लान् गोल ?

काठमाडौं – अर्जेन्टिनी प्लेमेकर एवम् कप्तान लियोलन मेसीका लागि जारी