२३ नेपाली कतारको जेलमा, तीन महिनामा के के गर्यो नेपाली दूतावासले ? | Khabarhub Khabarhub

२३ नेपाली कतारको जेलमा, तीन महिनामा के के गर्यो नेपाली दूतावासले ?


१८ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा : विभिन्न आपराधिक घटना संलग्न २३ नेपाली कतारको सेन्ट्रल जेलमा छन् । कानूनी कारबाहीको सिलसिलमा अदालती प्रक्रिया पूरा गरी सजाय भुक्तानीका लागि उनीहरु जेलमा रहेको कतारस्थित नेपाली दूतावासले जनाएको छ ।

२०७७ बैशाखदेखि असार मसान्तसम्मको कार्य सम्पादनको विवरण सार्वजनिक गर्दै दूतावासले कतारको आपराधिक सूचना विभाग ५५ जना नेपालीहरु नेपाल फर्कने क्रममा रहेका जनाएको छ ।

दूतावासले दिएको जानकारी अनुसार २४ वटा एमआरपी लाइभ नामांकन, २९ वाट एमआरपीको लागि म्यानुअल फारम संकलन भएको तथा १५ एमआरपी वितरण गरिएको जनाएको छ ।

दूतावासका अनुसार ८४ जनालाई एक तर्फि यात्रा अनुमति पत्र दिएको जनाएको छ । यस्तै २४ विवाह दर्ता जन्म दर्ता नाता प्रमाणित गरेको छ । ८ जनाको प्रहरी चारित्रिक प्रमाणपत्र, ११ सवारी चालक अनुमतिपत्र प्रमाणीकारण तथा २४ जनालाई कम्पनी परिवर्तन गर्न पीसीसी जारी गरिएको दूतावासले जनाएको छ ।

मृतकहरु मध्ये ४९ शव नेपाल पठाईएको जनाएको छ भने २२ शव परिवारबाट सहमति लिई कतारमै अन्त्येष्टि गरिएको जनाएको छ । यस्तै कतारको लङ्ग टर्म केयर हस्पिटलमा ५ जना बिरामीहरु रहेको जनाएको छ ।

गुनासो व्यवस्थापन तथा सहजीकरण

कोभिड १९ को कारण समस्यामा परेका २ हजार ३१ जनालाई खाना बस्न तथा तलबसम्बन्धी समस्या भएको जनाएको छ । १ हजार ६७ जनाको रोजगारी समाप्त भएको वा कटौती भएको दूतावासले जनाएको छ ।

रोजगारी समाप्त भई २,६१९ जनालाई खाना बस्न समस्या भएको जनाएको छ । कोभिड १९ जन्य समस्या ८५१, नेपाल फर्कने सम्बन्धी ९ हजार २९१ जना तथा अन्य विषयहरुमा १०४ जनाको गुनासो व्यवस्थापन तथा सहजिकरण गरिएको जनाएको छ ।

कोभिड-१९ को कारण खानाको समस्यामा परेका श्रमिकहरुलाई नेपाली दूतावासको तर्फबाट ९०० थान र दूतावासको समेत सहकार्यमा गैह्रआवासीय नेपाली संघ कतारद्वारा ५ हजार ९१७ जनालाई खाद्यसामग्री वितरण गरिएको जनाएको छ ।

नेपाल जान जारी फर्म सम्बन्धी विवरण

जेठ २२ देखि असार मसान्तसम्म नेपाल जान दूतावासबाट जारी भएको फर्म भर्नेको संख्या १० हजार ५८० रहेको छ भने कम्पनीबाट नेपाल फर्काउन पठाएको संख्या २ हजार ६७५ जना गरी नेपाल फर्कन चहाने नेपालीको संख्या १३ हजार २५५ दूतावासले जनाएको छ ।

असार ६ देखि असार मसान्तसम्म भएको चार्टर उडानमार्फत कतारबाट नेपाल, हिमालय एयरलाइन्स र कतार एयरवेज गरी १७ उडान मार्फत कतारको डिपोर्टेसन सेन्टरमा रहेका ३४४ जनासहित २ हजार ५५७ जनालाई नेपाल पठाईएको दूतावासले जनाएको छ ।

आर्थिक प्रशासन शाखा सम्बन्धी

वैशाखदेखि असार मसान्तसम्म राहदानीबाट ८ हजार ४२७ कतारी रियाल तथा अन्यबाट ९ हजार ११५ गरी जम्मा १७ हजार ५४२ कतारी रियाल राजश्व संकलन भएको जनाएको छ ।

यस्तै कतारमा विभिन्न कारणले मृत्यु भएको नेपाली कामदारले पाउने क्षतीपूर्ती रकम (बीमा र अन्य) २८ लाख ५८ हजार ३९६।४८ नेपाली रुपैया कन्सुलर सेवा विभागमा पठाएको दूतावासले जनाएको छ ।

कतारमा रहेको नेपाली नागरिकहरु विभिन्न समयमा विविध कारणले घाइते वा मृत्यु भई नियमानुसार प्राप्त भएको रकम सम्बन्धित कानूनी हकदारका नाममा पठाउने गरिएको ।

रकमको मात्रा थोरै भएमा मृतकको शवसँगै जाने मृतकले काम गर्ने कम्पनीले खटाएको व्यक्तिका साथमा पनि पठाउने गरिएको दूतावासले जनाएको छ ।

प्रकाशित मिति : १८ श्रावण २०७७, आइतबार  १२ : ५७ बजे

ट्रम्पले भने : इरानलाई आणविक सम्झौताबारे निर्णय लिन दुई साताको समय दिन्छौं

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई आणविक कार्यक्रमबारे सम्झौता

सातौँ ‘मुन्दुम ट्रेल रेस’ प्रतियोगिता सम्पन्न

भोजपुर – मुन्दुम पदमार्गको प्रवर्द्धनका लागि आयोजना गरिएको सातौँ ‘मुन्दुम

नेपालभर ११औंँ अन्तरराष्ट्रिय योग दिवस मनाइयो

काठमाडौं – अन्तरराष्ट्रिय योग दिवसको ११औंँ संस्करण नेपालका १० सहर

एमालेको राष्ट्रवादी अडानलाई कमजोर बनाउने प्रयास भइरहेको छ : ईश्वर पोखरेल

धादिङ – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले

एसीसी यू १६ इस्ट जोन कप : नेपालले आइतबार सिंगापुरसँग खेल्ने

काठमाडौं – मलेसियामा आइतबारदेखि एसीसी यू–१६ इस्ट जोन कप क्रिकेट